Banner

तमु परिवार न्युयोर्कको भब्य ल्होछार तथा सांस्कृतिक सॅाझ सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । तमु परिवार न्युयोर्कले गत आईतबार न्युयोर्कमा ल्होछार तथा सांस्कृति सॅाझ २०२२ भब्यरुपमा मनाएको छ ।

गत आईतबार न्युयोर्कको क्विन्स स्थित टिबेटन कम्युनिटी सेन्टरको हलमा तमु परिवार न्युयोर्कले यस बर्षको आफ्नो हिं ल्हो ल्होछार पर्ब बिभिन्न सांस्कृतिक कार्यक्रम संगै मनाएको छ ।

संस्थाकी अध्यक्ष मनिता देबी गुरुंगको सभापतित्वमा सुचारु भएको कार्यक्रममा नेपाल महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कका कार्यवाहक महाबाणिज्यदुत बिष्णु प्रसाद गौत्तमको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका सचिब देबी जंग गुरुंगले औपचारिकता गरेका कार्यक्रममा संस्थाका सल्लाहकार अर्जुन घलेले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथीका रुपमा रहनु भएका का.वा. महाबाणिज्यदुत बिष्णु प्रसाद गौत्तमलले बिशेष गरि “नेपाल एक ऐतिहासिक, बिभिन्न भाषा, बिभिन्न जातजाती मिलेर बनेको सुन्दर राष्ट्र हो र जहॅा असंख्य पर्यटन रोजगारीका अवसरहरु छन् । जति सकिन्छ बाह्य पर्यटन भित्र्याउन सबैले प्रयत्न गरौ र सके सबैको तर्फबाट स्वदेशमा लगानी गर्ने बातावरण श्रृजना गरौ भन्ने कुरामा जोड दिदै तमु गुरुंगको उत्पती र एस्को बिकास र महत्वबारे थपकुरा राख्दै हिं ल्हो ल्होसारको सबैमा शुभकामना ब्यक्त गरेका थिए” । 

कार्यक्रममा अध्यक्ष मनिता देबी गुरुंगकोको कार्यकालमा बिशेष सघाऊ र संस्थाको हितको निमित्त अहोरात्र कार्यगरेको बिशेष मुल्यांकन गर्दै मनित गुरुंगलाई प्रेसिडेन्सियल अवार्डले सम्मान गरेको थियो । सोहि कार्यक्रममा तमु गुरुंग समुदायलाई नेतृत्व गरि नेपाली चलचित्र तथा लोक दोहोरी म्युजिक भिडियोमा उल्लेख्य योगदान पुर्याई आफुलाई एक सफल मोडल तथा नायिकाको रुपमा स्थापित गराउन सफल भएकोले मोडल तथा नायिका रंजिता गुरुंगलाई बिशेष सम्मान गरेको थियो । संस्थाको तर्फबाट अध्यक्ष मनिता देबि गुरुंगलाई आफ्नो दुई कार्यकालमा अनगिन्ती उदाहरणिय काम गरेको उच्च मुल्यांकन गर्दै साहसी महिला तथा बिशिष्ट सम्मानबाट सम्मानित गरिएको थियो । 

उक्त कार्यक्रमबाट मात्रै ब्यवसायी, ब्यक्तिगत र परिबारहरुले गरेका सहयोगहरु गरेर जम्मा $२९९०४.०० ( रु. ३९,१७,४२४) सहयोग संकलन गर्न सफल भएका छन् । संकलन गरिएको उक्त रकमबाट कार्यक्रममा भएको सम्पुर्ण (हल खर्च बाहेक) खर्चहरु कटाई बाकी रहेको रकम तमु परिवार न्युयोर्कको खातामा जम्मा रहने र तमु गुरुंग समुदाय र अन्य कुनै भैपरी आउने आकस्मिक सहयोगको कार्यमा सघाउ पुर्याउने संस्थाका सचिब देबी जंग गुरुंगले जानकारी गराएका छन् । भने हलको निमित्त लागेको खर्च $५००० ह्याप्पी किचेन तथा जापानिज रेष्टुरेण्ट, ज्याक्सन हाईट्स, न्ययोर्क मार्फत संचालक बिरेन्द्र गुरुंगले  सहयोग गरेको हो । 

दोश्रो चरणको मनोरंजन कार्यक्रममा आफ्नै समुदायका गुरुंग कलाकारहरुले बिशेष प्रस्तुती दिएका थिए । मनोरंजन कार्यक्रमलाई सांस्कृतिक कार्यक्रम संयोजक प्रेम गुरुंगले अनुमती प्रदान गर्दै सुरुवात भएको कार्यक्रमको संचालन रंगिता गुरुंग, राम गुरुंग,माया गुरुंग र निरज घलेले संयुक्तरुपमा गरेका थिए । सांस्कृतिक कार्यक्रममा घाटु, कृष्ण चरित्र, कौडा, तमु गित नृत्य तथा नेपाली गितमा प्रस्तुती राखेका थिए ।

सांस्कृतिक कार्यक्रमका नृत्यको कोरियोग्राफी बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, बिजय नकर्मी, चिनु घले र गौरी लामाले गरेका थिए । भने कलाकारहरु ज्योती गुरुंग, मनित गुरुंग, शक्ति गुरुंग, दिपक गुरुंग, बिन घले, बिनी गुरुंग, प्रबिण गुरुंग, रुथमान गुरुंग, सरोज गुरुंग, गम गुरुंग, सिजन गुरुंग, देबि जंग गुरुंग, कर्मा लक्ष्य गुरुंग, सोफिया गुरुंग, रुपेश गुरुंग, अंजिंग तामांग, साराह गुरुंग, यांकी गुरुंग, रोशन गुरुंग, अर्पित गुरुंग,तेन्जिंग गुरुंग, आज्ञा घले, रुबिना गुरुंग, निल गुरुंग, आईरिस घले, रुबिना गुरुंग, लिसा गुरुंग, बिबेक गुरुंग, लाल माया गुरुंग, जिना गुरुंग, चन्द्र काशि घले, चिनु घले, कान्ति गुरुंग, राम घले, हिमाली गुरुंग, देबी गुरुंग, शशी गुरुंग, अन्तिम गुरुंग, मिलन गुरुंग, दिपशिला गुरुंग, गौरी लामा, सरोज गुरुंग, एन्सर्ज गुरुंग, रंजिता गुरुंग, निरज घले, ज्ञानु गुरुंग, सम्झना गुरुंग, प्रेम गुरुंग, अनुषा गुरुंग, अनिश गुरुंग, नबिन गुरुंग र कपिल पुनले प्रस्तुती दिएका थिए । 

कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष तथा तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुंगले पाल्नु भएका सम्पुर्ण पाहुना, सघाउ पुर्याउनु भएका सम्पुर्ण सहयोगीहरु, स्वयंसेवकहरु, आयोजक समितीका सदस्यहरु र कलाकारहरुलाई धन्यवाद ब्यक्त गर्नु भएकी थिईन् । 

 

Loading...