Banner

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सपरिवार साउदी अरब आईपुगेका छन् ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । अहिले सम्मकै महंगो रकममा अल नासर क्लबमा आबद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सपरिवार साउदी अरब पुगेका छन् । 

म्यानचेस्टर युनाइटेडको कडा आलोचना गर्दै क्लब छाडेका रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासर क्लब संग अनुबन्ध भएका हुन् ।

 

रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताउदै आफ्नो फ्यान पेजमा फोटो सार्बजिन गर्दै आज राती रंगशालामा भेटौ भनेका थिए ।  

रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक प्राप्त गर्नेछन् । जुन विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो ।

 

Loading...