Banner

युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका,न्युयोर्क च्याप्टरले मनायो उधौली साकेला कार्यक्रम

मकै हाउस टिभी एण्ड न्युज, सन्तोष राई,

न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरले उधौली साकेला,यलम्बर साझ तथा नया नयाँ बर्षको शुभकामाना आदान प्रदान कार्यक्रम भब्य मनाएको छ।

उक्त कार्यक्रम न्युयोर्क स्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा समाजको भवनमा गत शुक्रबार सम्पन्न भएको हो। सबै एकता,भाईचारा, सद्भाव, कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद्देश्यले संस्थाको पारिवारिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष मामाता खालिङ राई सभा अध्यक्ष थिइन् भने राष्ट्रिय कलाकार तथा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई प्रमूख अतिथी थिए । संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद राई कार्यक्रमको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई नक्छो (नछुङ) पदम बहादुर राई र प्रमूख अतिथी गोविन्द राईले पानासमा बत्तिबालेर उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा उधौली र नयाँ बर्षको शुभकामाना दिने क्रममा न्युयोर्क राज्यका पर्यटन (सद्भावना) दूत केशवराम राईले जहाँ रहेपनि हामीले हाम्रो संस्कार संस्कृति भुल्नु नहुने र त्यहीँ संस्कार जोगाउनका निम्ती यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकामा साकेला थान निर्माण गर्न लागेको र त्यसको लागि सबैले सकेको सहयोग गर्न आवहान गरे।

उधौली र नयाँ सालको शुभकामना मन्तब्य दिने क्रममा कार्यक्रमका प्रमूख अतिथी गोविन्द राईले नेपालमा बिभिन्न जातजातिको आ-आफ्नै पराम्परा र संस्कार रहेकोले नेपाली जहाँ -जहाँ जान्छन आफ्नो संस्कार पनि उतै लाने र मनाउने गरेको भनाई ब्यक्त गरे।

युक्रा भूतपुर्ब केन्द्रिय सभापति तथा युक्रा न्युयोर्क च्याप्टरको सल्लहकार प्रभाकर राईले नोक्छो,नोछुङ, मान्पा वा धामी भनेको किराती सस्कारमा नभई नहुने अती महत्वपूर्ण बिषय हो यस्ता बिषयमा पुस्तक प्रकाशन गरेर पाठशाला मै पढाई गर्नुपर्ने बिचार ब्यक्त गरे।

कार्यक्रममा पत्रकार शान्तीराज राई, सम्राट कार्की र डाक्टर सरोज यादवलाई अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । सम्पूर्ण अतिथिहरुलाई चिन्डो सहितको खादा लगाएर सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राईले राईहरु भित्र पनि अनेक भाषा र संस्कार रहेकोले सबै थरका राईले आफ्नो भाषा र संस्कार जोगाउन पर्ने र आफु खालिङ राईको उत्थानमा लागि परेको जानकारी गरे। यसो गर्दा कुनै पनी राई संस्था सँग प्रतिस्पर्धा गर्न नखोजेको र त्यसरी नबुझिदिन पनि स्पष्ट आग्रह गरे ।

पाहुना अतिथी टिबी भण्डारीले आफ्नो कला संकृतिक बच्चाउनु राम्रो पक्ष हो। राष्ट्रिता सवाल हामी सबै एक हुनुपर्दछ यस्ता कार्यक्रम राईको मात्रा नभएर सिङो नेपालीको हो यस्मा गर्व गर्नुपर्दछ भने।

मन्तब्यकै क्रममा युक्रा केन्द्रिय सदस्य गरचा किरातिले प्रत्येक राईले आफ्नो थर र पाछा अनुसार आफ्नो चुला बनाउनु पर्नेमा जोड दिए । किराती संस्कार अनुसार आफ्नो छोरी चेली कुटुम्बलाई दिदाँ आफ्नो चुलोबाट निकालेर कुटुम्बोको चुलोमा लगाउनु पर्ने हुँदा सामुहिक चुलोबाट कसरी निकाल्ने र कुन चुलोमा लगाउने भन्ने प्रश्न गरे । कतिपय राइहरुले सामूहिक चुलो बनाउनु पर्ने धारणा राखी रहेको अवस्थामा उनले यस्तो बिचार ब्यक्त गरेका हुन।

कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरका बरिष्ठ उपाध्यक्ष बसन्ती राईले स्वागत मन्तब्य दिएकी थीइन् भने उक्त कार्यक्रमको संयोजक तथा उपाध्यक्ष कृष्ण प्रसाद राईले साकेला थान किरातीको धरोहरको भएकोले साकेला थान निर्माणको निम्ती खुलेर सहयोग गर्नु पर्ने बताउदै कार्यक्रममा खटेर काम गर्ने र स्पोन्सरहरु सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै मन्तब्य दिएका थिए।

मन्तब्यकै क्रममा इन्टरनेशनल मार्शल आर्ट एशोसियसनका प्रोपाइटर तथा इन्टरनेशनल रेफ्री पर्खि खालिङ राईले खेल्कुद र ब्यायम् स्वास्थ्यको लागि अती आबश्यक हो । ब्यायमले ६० प्रतिशत रोग ठिक हुनेभएकोले दैनिक एकघन्टा ब्यायमको लागि समय छुटाउनु पर्ने भनाई ब्यक्त गरे । उनले साकेला थान् सम्पूर्ण किरातिको आवश्यकता भएकोले साकेला थान् निर्माण अभियानको प्रसंसा गरे।

कार्यक्रमको अन्तमा सभाध्यक्ष तथा संस्थाकी अध्यक्ष ममता खालिङ राईले किरातिको मौलिक पहिचान बोकेको सकेला थान निर्माणको निम्ती तिब्र रुपमा आर्थिक सहयोग संकलन भैरहेको र जती सकिन्छ आफ्नो पहिचान र अस्तित्व बचाउन सबैले केही न केही मानसिक तथा आर्थिक तवर दुवैबाट साथ सबैको हुन आवस्याक परेको हुदा चाडै सबै जागरुक हुन पर्ने बताइन् ।

उनले केही स्पष्ट नभएको खण्डमा साकेला थान संयोजक बिष्णु राई सित प्रत्यक्ष बुझ्न सकीने कुरा उल्लेख गरिन् । सहयोगी दाताहरुको नाम शिलालेखमा सदाको लागी राखीने र आर्थिक सहयोगलाई तोकी सके पछी एकै पटक एक मुस्टमा दिन सम्भव नभएमा सकेको बेलाबेला मा घटाउदै किस्तामा रुजु गराई दिन सकिने कुरा पनी प्रष्ट्याइन् ।
यो हाम्रो साझा पहिचान हो त्येसैले सहयोग गर्न कञ्जुस्याई नगर्न पनि सबैमा अपिल गरिन।

कार्यक्रममा संकृतिक संयोजक रोशन राई, लगाएत कलाकारहरु मालती राई, यशोदा खालिङ राईले नृत्य प्रस्तुत गरेका थिए भने कलाकार संघकी बरिष्ठ उपाध्यक्ष बसन्ती राई, यशोदा खालिङ राई, बिपन राई, सुखराज राई, सुबर्ण शाक्य, मिङ्मा मगर, बुद्दी गुरुङले गीत प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए।

कार्यक्रममा हालै नेपालबाट आएर युक्रा न्युयोर्क च्याप्टरमा आबद्द भएका आगन्तुकहरुलाई खादा र फूलका गुच्छाले स्वागत गरिएको थियो। न्युयोर्कमा युक्राले गर्‍यो उधौली साकेला र नयाँ वर्षको अवसरमा भव्य यलम्बर साँझ कार्यक्रम

सन्तोष राई, न्युयोर्क: यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको न्युयोर्क च्याप्टरले उधौली साकेला,यलम्बर साझ तथा नया नयाँ बर्षको शुभकामाना आदान प्रदान कार्यक्रम भब्य मनाएको छ।

उक्त कार्यक्रम न्युयोर्क स्थित ज्याक्सन हाइटमा रहेको घ्याल्सुम्दो सेवा समाजको भवनमा गत शुक्रबार सम्पन्न भएको हो। सबै एकता,भाईचारा, सद्भाव, कायम गर्दै किरातीको मौलिक संस्कार बचाइ राख्ने उद्देश्यले संस्थाको पारिवारिक माहोलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष मामाता खालिङ राई सभा अध्यक्ष थिइन् भने राष्ट्रिय कलाकार तथा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई प्रमूख अतिथी थिए । संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद राई कार्यक्रमको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई नक्छो (नछुङ) पदम बहादुर राई र प्रमूख अतिथी गोविन्द राईले पानासमा बत्तिबालेर उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा उधौली र नयाँ बर्षको शुभकामाना दिने क्रममा न्युयोर्क राज्यका पर्यटन (सद्भावना) दूत केशवराम राईले जहाँ रहेपनि हामीले हाम्रो संस्कार संस्कृति भुल्नु नहुने र त्यहीँ संस्कार जोगाउनका निम्ती यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकामा साकेला थान निर्माण गर्न लागेको र त्यसको लागि सबैले सकेको सहयोग गर्न आवहान गरे।

उधौली र नयाँ सालको शुभकामना मन्तब्य दिने क्रममा कार्यक्रमका प्रमूख अतिथी गोविन्द राईले नेपालमा बिभिन्न जातजातिको आ-आफ्नै पराम्परा र संस्कार रहेकोले नेपाली जहाँ -जहाँ जान्छन आफ्नो संस्कार पनि उतै लाने र मनाउने गरेको भनाई ब्यक्त गरे।

युक्रा भूतपुर्ब केन्द्रिय सभापति तथा युक्रा न्युयोर्क च्याप्टरको सल्लहकार प्रभाकर राईले नोक्छो,नोछुङ, मान्पा वा धामी भनेको किराती सस्कारमा नभई नहुने अती महत्वपूर्ण बिषय हो यस्ता बिषयमा पुस्तक प्रकाशन गरेर पाठशाला मै पढाई गर्नुपर्ने बिचार ब्यक्त गरे।

कार्यक्रममा सांस्कृतिक संयोजक रोशन राई, लगाएत कलाकारहरु मालती राई, यशोदा खालिङ राईले नृत्य प्रस्तुत गरेका थिए भने कलाकार संघकी बरिष्ठ उपाध्यक्ष बसन्ती राई, यशोदा खालिङ राई, बिपन राई, सुखराज राई, सुबर्ण शाक्य, मिङ्मा मगर, बुद्दी गुरुङले गीत प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए।

कार्यक्रममा हालै नेपालबाट आएर युक्रा न्युयोर्क च्याप्टरमा आबद्द भएका आगन्तुकहरुलाई खादा र फूलका गुच्छाले स्वागत गरिएको थियो। उक्त कार्यक्रम संचारकर्मीडटकमका प्रकाशक बिके राईले संचालन गरेका थिए।

Loading...