Banner

अमेरिकाको ६ राज्यमा ” माघे संक्रान्ती २०२३” मनाइदै

 

मकै हाउस टिभी एण्ड न्युज, दिप सागर बुढा मगर

न्युयोर्क । मगरहरुको राष्ट्रिय पर्व ” माघे सकराती पर्व २०२३ ” को अबसरमा मगर संघ अमेरिका मातहतका विभिन्न राज्यमा “माघे सकराती पर्व २०२३” भब्य रुपमा सम्पन्न गर्न अन्तिम तयारी पूरा भएको छ ।

 

जनवरी १०, २०२३ को दिन मगर संघ अमेरिका केन्द्रीय समितिले “माघे सकराती पर्ब २०२३” को अन्तिम तयारी बारे ढाकिएको भर्चुअल बैठकमा च्याप्टर कमिटीका अध्यक्षहरुले आ-आफ्नो तयारी बारे केन्द्रीय समितिलाई जानकारी गराएका थिए ।

बिं सं २०६५ सालमा नेपाल सरकारले माघे सकरातीलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गरे संगै अमेरिकाका मगरहरुले पनि माघे सकराती पर्बलाई भब्य रुपमा मनाउदै आएका छन । गतसाल कोडिभ १९ को कारण सबै राज्यमा अन्तिम तयारी गर्दागर्दै स्थगित गर्नु परेको थियो । यस्पाली सबै च्याप्टरहरुले एकदम उत्साह पुर्बक अन्तिम तयारी गरेका जानकारी गराए ।

मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले मगर र माघे सकरातीको महत्त्व बारेमा स्मरण गराउदै च्याप्टर कमिटीहरुले गरेको तयारीले एकदम उत्साहित भएको भन्दै सबैलाई धन्यवाद दिए र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई आ आफ्नो पायक पर्ने क्षेत्रमा च्याप्टर कार्यसमितिलाई हौसला दिन र सहभागिता जनाउन निर्देशन दिए ।

अमेरिकाको टेक्सासमा जनवरी १४ , बाल्टिमोरमा जनवरी १४ , न्युजर्शीमा जनवरी १५ , कोलोराडोमा जनवरी १५ , सिकागोमा जनवरी १५ र न्युयोर्कमा जनवरी २२ को दिन माघे सकराती २०२३ ख्यातिप्राप्त कलाकारहरुको साथमा मगर मौलिक कला संस्कार संस्कृति सहित भब्य रुपमा मनाइदैछ ।

Loading...