
संदिप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले संदिपलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने आदेश दिएको थियो । तर उनले उक्त आदेश विरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

बिहीबार सोही निवेदनमा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।
संदिपका वकिल सरोज घिमिरेले दिएको जानकारी अनुसार ‘भोलि २० लाख बुझाए पछि छुट्नेछन् र विदेश जानलाई सर्तहरू छन्,’ ।
https://youtu.be/ZSHTjJPUsjc

