
न्युयोर्कमा हुने ‘ल्होछार’ कार्यक्रममा मिलन लामा, लक्ष्मी स्यांगतान, लक्ष्मी लामा र महादेब त्रिपाठीको प्रस्तुती हुने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । तामांग समाज अमेरिकाले तामांग जातीहरुको महान चाड ल्होछार पर्बको अवसरमा २८५९औ ल्होछार तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त ल्होछार तथा सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त कलाकारद्वय मिलन लामा, लक्ष्मी स्यांगतान, लक्ष्मी तामांग र हास्य कलाकार तथा जादुगर महादेब त्रिपाठीको बिशेष प्रस्तुती रहने भएको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकार संगै स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।

तामांग समाज अमेरिकाको प्रमुख आयोजकत्वमा हुने कार्यक्रम २२ जनवरी २०२३, आईतबार राती ७:०० बजे बाट मध्यरात सम्म चल्नेछ । भने कार्यक्रम न्युयोर्कको क्विन्स स्थित एस्टोरिया वर्ल्ड म्यानोर २५-२२ एस्टोरिया ब्लुभड, क्विन्स, १११०२ को हलमा हुनेछ ।


