Banner

न्युयोर्कमा प्रवासी नेपाली मंचको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न I

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली मंच न्युयोर्क च्याप्टरको आयोजनामा प्रवासी नेपालि मंच अन्तराष्ट्रिय कमिटी (International Committee) मा नवनिर्वाचित अध्यक्ष संजय थापा र सदश्य कुन्ती थापा तथा उत्तर अमेरिका महादेश कमिटी (North America Continent Committee, USA/Canada) सदस्य अशोक कार्कीको सम्मानमा शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

 नेकपा एमालेका नेता पुर्व आइजीपी सर्वेन्द्र खनालको बिशेष आतित्थ्यमा आयोजित उक्त कार्यक्रममा शुभकामना र बधाईको निम्ति न्युयोर्कस्थित बिभिन्न संघसंस्थाका अतिथिहरु, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवाशी नेपालि मंच अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, गैर आवीसिय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा, फिप्नाका महासचिव टोमा लामा, केवाईसी अमेरिकाका अध्यक्ष सुमन लिम्बु, पर्यटन दुत केशबराम राई, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २०-के१  क्लब बिशेष संयोजक लायन कृष्ण आचार्य लगायत अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिशेष अतिथि पुर्व आइजीपी तथा एमाले नेता सर्वेन्द्र खनालले मंचका नव निर्वाचित अन्तराष्ट्रिय अध्यक्ष संजय थापा लगायत सबैलाई बधाई दिंदै विश्वभरका प्रवाशी नेपालीको हित र कल्याणका लागि नयाँ दृष्टिकोण र गतिबिधि सहित “सुखी प्रवाशी -सम्बृद्ध नेपाल” को मिसनमा उल्लेखनीय सफलता प्राप्तिका लागि शुभकामना ब्यक्त गरेका थिय । बधाई मन्तब्यको क्रममा जनसम्पर्क समिति अमेरिकाकाका अध्यक्ष आनन्द बिष्टले मित्र संजय थापा प्रने मंचको अन्तराष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएकोमा अत्यन्त हर्ष ब्यक्त गर्दै जनसम्पर्क र प्रवासी नेपाली मंच विचार र आस्थाले फरक संगठन भएपनि प्रवाशी नेपालीको समस्या निराकरणको निम्ति यी दुई संगठनहरुको निरन्न्तर सहकार्यको आवश्यकता रहेको बताएका थिय । गैआने संघ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले प्रवाशी नेपाली मंच आफैमा गतिशील संस्था भएको आफुले महसुस गरेको बताउंदै नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष लगायत सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिय । 

प्रने मंच अमेरिकाका राष्ट्रिय अध्यक्ष कृष्ण लामिछानेले संगठनको बारेमा प्रकाश पार्दै छोटो सूचनाका बिच पनि अतिथि र सहभागीहरुको उल्लेखनीय उपस्थितिको लागि धन्यवाद ज्ञापन ब्यक्त गरे । I फिप्ना महासचिव टोमा लामाले मंचको राष्ट्रिय अन्तराष्ट्रिय गतिबिधिको प्रशंशा गर्दै भावी दिनमा यो नव निर्वाचित ग्लोबल नेतृत्वले विश्वभरका प्रवाशी नेपालीको समस्या समाधानमा नयाँ आशा र भरोशा जगाउने बिश्वास ब्यक्त गरीन्। कार्यक्रममा KYC न्युयोर्कका अध्यक्ष सुमन लिम्बु, नेपाल सरकारका न्युयोर्कस्थित पर्यटन दुत केशबराम राई लगायतले नवनिर्वाचित प्रने मंच अन्तराष्ट्रिय अध्यक्ष तथा अन्य सदश्यहरुलाई बधाई र शुभकामना दिएका थिय ।

 मंचका नवनिर्वाचित अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले आफुले बिश्वभरि छरिएर रहेका प्रवाशी नेपालीका नागरिकता लगायत हरेक समस्याहरुमा नेपाल सरकार, NRNA लगायत सरोकारवाला सबैसंग समन्वय र सहकार्य गरि कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो I सदश्य कुन्ती थापाले अमेरिकामा मंचको स्थापनामा आफ्नो योगदानको चर्चा गर्दै आउँदा दिनमा पनि अमेरिकी प्रवाशी नेपालीको बृहत्तर सम्वृद्धिको निम्ति निरन्तर पैरवी गरिरहने बताउनुभयो । प्रने मंच न्युयोर्क च्याप्टरका अध्यक्ष सुर्य लिंग्देंनको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको औपचारिकता मंचकै न्युयोर्क च्याप्टरका सचिव बलभद्र खडायतले गरेका थिय । 

Loading...