Banner

न्युयोर्कमा नेपाली बिधार्थीको अपार्टमेन्टमा आगलागी, ४५ लाख बराबरको धन क्षती

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कमा गत आईतबार एक जोडी नेपाली बिधार्थी बस्ने अपार्टमेन्टमा आगलागी भएको छ । आगलागी संगै नेपाली रु.४५ लाख बराबरको धनक्षती भएको छ । 

नेपाल घर काठमाण्डौको स्वयम्भु भएका २०१७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क बिधार्थी भिषामा आएका युवा जोडी डेबिड राई र सुरक्षा कुवॅरको न्युयोर्क स्थित अपार्टमेन्टमा आगलागी भएको हो । 

न्युयोर्कको क्विन्स स्थित ५१९१ कडवाईज स्ट्रिट, एल्महर्स्टमा बिगत ३ बर्ष देखि बसोबास गर्दै आएका डेबिड र सुरक्षा बसोबास गर्ने अपार्टमेन्टको सम्पुर्ण घरमा नै आगलागी भएको हो । सोहि घरको अर्को कोठामा बिजुली शट हुदा सम्पुर्ण घरमा नै आगलागी भएको पिडित डेबिड राईले जानकारी दिएको हो । 

आईतबार बिहान ४:०० बजे आगलागी भएपछी अग्नि नियन्त्रक बाहन, प्रहरी र एम्बुलेन्स आएको थियो । आगो लागेको रात डेबिड र उनको पत्नि सुरक्षा भने साथिको घरमा गएको र बिहान अपार्टमेन्ट आउदा घरमा आगलागी भएको र प्रहरीले शिल लगाएको डेबिडले बताएका छन् । 

अपार्टमेन्टमा आगलागी भए पछी आफ्नो अपार्टमेन्टमा भएको ल्यापटप, २ वटा कम्प्युटर, ३ वटा क्यामेरा, क्यामेराको लेन्स, कपडा, जुत्ता, ओछ्यान जलेर क्षति हुदा नेपाली रु.४५ लाख बराबरको धन क्षती भएको डेबिडले बताएका छन् । 

अहिले डेबीड र उनको पत्नी सुरक्षा न्युयोर्क स्थित क्विन्समा साथिको अपार्टमेन्टमा बसिरहेका छन् । र सुरक्षा आफैले अहिले Gofund बनाई साथि भाई ईष्टमित्रहरु संग सहयोगको अपिल पनि गरेकी छिन् । 

सहयोग गर्न चाहनेले तल दिएको GoFund को लिंक मार्फत सहयोग गर्न सक्नुहुनेछ । 

https://gofund.me/ab22dddc

 

 

Loading...