
‘हाम्रो साथ, हाम्रैका लागी’ द्वारा तेह्रथुम जिल्लामा हौसला स्वरुप छात्रबृती प्रदान

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क ।संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने लिम्बु युवाहरुले तेह्रथुमको एक बिधालयका गरिब तथा जेहेन्दार २ छात्र/छात्रालाई छात्रबृतीको साथै ११० बिधार्थीहरुलाई न्यानो स्विटर बितरण गरेको छ ।

“हाम्रो साथ, हाम्रैका लागी” नामक संस्थाको बिशेष पहलमा लामो तेह्रथुम जिल्लाको म्यांलुंग ९, साब्ला स्थित श्री नारायण माध्यमिक बिधालयमा अध्ययनरत २ जना छात्रालाई जनही रु. ५१,०००/- छात्राबृती स्वरुप प्रदान गरेको हो । छात्राबृती प्राप्त गर्नेमा कक्षा १० मा अध्ययनरत छात्रा जोनिसा लिम्बु र कक्षा ९ मा अध्ययनरत छात्रा उमा देवी फुदोंग हुन् । उनिहरुको हौसला बढाउन र राम्रो भबिष्य होस् भनि सहयोग गरेको सहयोगदाता समुह ‘हाम्रो साथ, हाम्रैका लागी’का संयोजक दिपक थेवेले बताउनु भयो । यस समुहले पहिलेको बर्षझै निरन्तर प्रत्येक बर्ष सहयोग पुर्याउने पनि जनाएका छन् ।

छात्राबृती संगै सरस्वती पुजाको अवसर पारी सोही बिधालयमा अध्ययनरत ११० जना छात्र तथा छात्रालाई जाडोको समय चिसोमा न्यानो प्रदान होस् भन्ने हेतुले न्यानो स्विटर कपडा संयुक्त राज्य अमेरिकाको न्युयोर्क बसोबास गर्ने बन्दना तुम्बाहाम्फेले सहयोग गरेकी हुन् ।

यस् पबित्र कार्यमा सहयोग पुर्याउनुहुने अन्य ब्यक्तित्वहरु पिके थाक्लुंग, बुद्ध चेम्जोंग, रेमोस अधिकारी, लोक चेम्जोंग, निरु थेवे, पुर्ण थेवे, दिपक थेवे, बिमल चेम्जोंग, हिक्मत आंगबुहांग, सुर्य थेवे, बिरेन्द्र लाबुंग, सरस्वती कन्दन्वा,प्रेम मेन्याङ्बो र ईन्दिरा चोंगबांग हुनुहुन्छ ।

सहयोग गर्नुहुने सम्पुर्णलाई उक्त बिधालयका प्रधानाध्यापक लोक बहादुर तुम्बाहाम्फे र बिधालय ब्यवस्थापक समितीका अध्यक्ष गिरीराज सुबेदीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
