
“नेपालको प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस” न्यूयोर्कमा मनाए

मकै हाउस टिभी एण्ड न्युज,
न्यूयोर्क । गत फेब्रुअरी १९, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आयोजनामा “नेपालको प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस” कार्यक्रम प्रथम सहिद लखन थापामगरको योगदानको सम्मान तथा स्मरण स्वरुप स्मृति दिवस मनाएको छ । सो स्मृति दिवस कार्यक्रममा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्ष, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशव राम राई र सदस्य संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


फिप्नाकी महासचिब टोमा लामाले नेपालको प्रथम सहिद लखन थापामगरको योगदानको स्मरण तथा चर्चा गर्नुकोसाथै नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम सहिद भनी घोषणा गरेतापनि व्यवहारमा लागु नगरेकोमा दुःख व्यक्त गर्दै र पछिल्लो चरणमा नेपालमा त्यो वा योको नाममा सहिदहरु थपिँदै गए तर लखन थापागर जस्ता सच्चा सहिदको उच्च मूल्यांकन नेपाल सरकारले नगरेको भन्दै कार्यक्रमको थालनी गरिएको थियो ।

कार्यक्रम फिप्नाका अध्यक्ष राज कुमार बिष्टको अध्यक्षता भएको थियो । फिप्नाका कोषाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । नेपालको प्रथम सहिद लखन थापामगरको योगदानको स्मरण गर्दै १ मिनेट मौनधारण गर्नुको साथै सम्मान स्वरुप उपस्थित सबै जनाले तस्वीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका थिए ।

उपस्थित सम्पुर्णले प्रथम सहिद लखन थापामगरको योगदानलाई स्मरण गर्दै आ–आफ्नो मन्तव्य राखेका थिए । मन्तव्य राख्नेमा गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाक अध्यक्ष तोरन गुरुङ, तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, मगर संघ अमेरिका अध्यक्ष कुलदीप रानामगर, जिरेल संघ अमेरिकाका अध्यक्ष शान्ति जिरेल, नेवा गुठीका अध्यक्ष विजयमान सिंह, थारुज एण्ड फ्रेण्ड एशाोसियसनका उपाध्यक्ष दीपक चौधरी, फिप्नाका सभामुख शुर्वण कुमार शाक्य, उपसभामुख गोमा योञ्जन, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशव राम राई र फिप्नाका पूर्व सल्लाहकार तेञ्जिन उक्याव लगायतका थुप्रै व्यक्तित्वहरुले मन्तव्य राख्ने क्रममा नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम सहिद भनी घोषणा गरेतापनि सोही हिसाबले मान्यता तथा जुन हिसाबले देशव्यापी रुपमा लखन थापागरको स्मृति दिवस मनाउनु पर्ने हो त्यो नभएकोले तपाइँ हामी सबै जनाले अझै पनि आवाज उठाउनु पर्ने आवश्यक छ । जबसम्म देश व्यापी रुपमा प्रथम सहिद भनी स्मृति दिवस मनाउँदैन तवसम्म हामीले राज्यलाई दवाव र जनमानसमा जानकारीको लागि आगामी दिनहरुमा अझ बृहत रुपमा स्मृति दिवस मनाउन जरुरी छ भनी सबैले धारणा व्यक्त गर्नुको साथै उहाँको सपनालाइै साकार गर्नको लागि पनि हामी लागिरहनु पर्ने धारणा पनि व्यक्त गरेका थिए । फिप्नाका सभामुख शुर्वण कुमार शाक्यले मन्तव्य राख्ने क्रममा राज्य प्रश्न पनि गरेको थियो । नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम सहिद भनी घोषणा गर्ने तर प्रथम सहिदको दिवस चाहिँ नमनाउने व्यवहारमा किन नउतारेको? भनि राज्यलाई प्रश्न समेत गरेको थियो ।

अन्तमा कार्यक्रममा अध्यक्ष राजकुमार बिष्टले उपस्थित् सबै जनालाई धन्यबाद ज्ञापन गर्दै आउँदा दिनहरुमा हामी सहिद लखन थापामगरको स्मृति दिवस अझ भव्यरुपमा मनाउने प्रयत्न गर्नुको साथै नेपाल सरकारलाई पनि दबाव तथा ध्यानाकर्षण गनेैछौं भनी मन्तव्य राख्दै कार्यक्रमको समापन भएको थियो ।