
युक्रा अमेरीकाले यस वर्षको ग्राण्ड साकेला उभौली २०२३ टेक्सासमा मनाउने घोषणा
मकै हाउस टिभी एण्ड न्युज,
शेखर राई / राकेश राई, न्यूह्यम्सायर
न्यूह्यम्सायर । यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरीकाले यो वर्ष वैसाखे पूर्णिमाको पावन अवसरमा पर्ने किरात राईहरूको महान चाड साकेला उभौली टेक्सास राज्यको Euless सहर स्थित Village of Bear Creek Park मा केन्द्रको संयोजन तथा TAF, Chapter को संयोजकत्वमा यही मे महिनाको ५ र ६ तारेख दुई दिन किरात मुन्धुम अनुसार पितृ र प्रकृतिको पूजा प्रारम्भ गरी ग्राण्ड साकेला उभौली २०२३ भव्यताकासाथ मनाउने भएकोछ। त्यस लगत्तै वासिड्:टन डि.सी मा DMVP chapter ले, बोष्टनमा New England chapter ले, न्यूयोर्कमा New York Chapter ले र अन्तमा सान्फ्रान्सिस्कोमा California chapter ले क्रमश: साकेला उधौली पूजा गरी यस वर्षको पितृ र प्रकृतिको पूजा समापन गरिने कूरा च्याप्टर अध्यक्षहरू समिता राई, ममता राई, कर्ण बहादुर राई र जोर विर राईले बताउनु भयो।

विश्वमा आई परेको कोरोनाको माहामारी पछि गत साल पहिलो ग्राण्ड साकेला उभौली क्यालिफोर्निय च्याप्टरको संयोजकत्वमा भएको थियो भने यो दोस्रो ग्राण्ड साकेला उभौली ट्याक्सास च्याप्टरको संयोजकत्वमा हुदैछ। उक्त कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न यूनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका पांचैवाटा च्याप्टरहरू कार्यक्रमको व्यवस्थापन र साकेला सिलीको तयारीका लागि अहोरात्र खटिरहेको कुरा केन्द्रिय अध्यक्ष जय कुमार राईले बताउनु भयो।

गत मंसिरे पूर्संणिमाको पावन अवसरमा पनि यूनाइटेड किरांत राई अर्गनाइजेशन अफ अमेरीकाको पांचवटै च्याप्टरहरुले आफ्ना पितृ र पुर्खाहरुलाई सम्झिदै, प्रकृतिको पुजा अनुष्ठान गरी, साकेला सिली नाच्दै बिविध साँस्कृतिक कार्यक्रमका साथ एक-आपसमा शुभकामना आदान प्रदान गर्दै गत ३० डिसेम्बरमा यस वर्षको उधौली साकेला २०२२ सम्पन्न गरेको थियो।

हरेक वर्षक़ो मंसीरे पूर्णिमाबाट प्रारम्भ हुने प्रकृति र सुप्तुलुङ्ग पूजक किरात राईहरुको यो चाड पन्ध्र दिन सम्म मनाउने गरिन्छ । UKROA केन्द्रको संयोजन तथा कुनै एक च्याप्टरको संयोजकत्वमा सबै च्याप्टरहरुको सक्रिय सहभागितामा केन्द्रिय स्तरमै विभिन्न राज्यहरुमा क्रमैसंग साल वसाली “उधौली साकेला तथा यलम्बर साँझ” संस्करणको रुपमा मनाईदै आएकोमा यस वर्ष भने च्याप्टरहरुको क्रियासिलतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानिय स्तरमै च्याप्टरहरुकै संयोजनमा उधौली चाड मनाउने निर्णय गरिएको जानकारी संस्थाका केन्द्रिय महासचिव मुक्ति नारायण राईले दिनुभयो।

मंसिर महिनाको पूर्णिमासंगै यस वर्षको उधौली चाड मनाउने क्रममा अमेरिकावासी किरात राईहरुले सबैभन्दा पहिला वासिंटन डि.सी मेरिल्याण्ड, भर्जिनिया र पेन्सीलभेनिया राज्यमा क्रियसिल स्थानिय च्याप्टर डि.एम.भि.पि. ले (UKROA DMVP) नोभेम्बर २७ मा च्याप्टर अध्यक्ष समिता राईको अध्यक्षतामा रोयल नेप्लिज्ज रेष्टुरेन्टको हलमा उधौली साकेला पूजा अनुष्ठान सम्पन्न गरेको थियो। उक्त कार्यक्रममा सहभागीहरूले आफ्नो सॉस्कृतिक पोषाकमा साकेला सिली नाच्दै, शुभकामना साटासाट् गर्दै भव्य रुपमा मनाईएको थियो।उक्त उधौली समारोहमा सल्लाहकार तथा पूर्व केन्द्रिय अध्यक्ष मिलन राई, बर्तमान केन्द्रिय उपाध्यक्ष कुसुम राई, लगायतका अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। च्याप्टर अध्यक्ष समिता राईले यस पावन अवसरको संन्दर्भमा च्याप्टरलाई एक थान ढोल र दुई जोडी झ्याम्टा उपहार प्रदान गर्नु भएको थियो। कार्यक्रममा डिसि, मेरिल्याण्ड, भर्जिनिया र पेन्सीलभेनिया राज्यहरुमा वसोवाश गर्ने किरात राई बन्धुहरुको बाक्लो उपस्थिती रहेको थियो।

त्यसैगरी न्यू ईङ्गङ्गल्याण्ड च्याप्टरले १७ डिसेम्बरमा न्यू ह्याम्पसायर राज्यको City of Stratham स्थित Aspires Living and Learning Inc. भवनको सभाहलमा किरात प्रथम राजा यलम्वरको तस्विरमा माल्यर्पण गरी किराती परम्परा अनुसार मुन्धुमी विधीबाट उधौली साकेला पूजाका साथमा साकेला सिली नाच्दै भब्यरुपमा मनाईएको थियो।म्यासाचुसेटस् राज्य स्थित वोष्टन, कनेक्टिकेट् र न्यूह्याम्प्सायर राज्यहरुबाट उल्लेख्य मात्रामा उधौली मनाउन उपस्थित किरात राईहरु हर्षित र प्रफुल्लित मुद्रामा साँस्कृतिक पोशाकमा सजिएका थिए। च्याप्टर अध्यक्ष कर्ण ब. राईको अध्यक्षतामा सम्पन्न उक्त उधौली पुजा समारोहका प्रमुख अतिथी नेपाल सरकारका पर्यटन सदभावना दुत शिव कुमार राई र विषेश अतिथीमा Aspire Living & Learning Inc का प्रोजेक्ट डाईरेक्टर Kathleen Kelly हुनुहुन्थ्यो।

आमन्त्रित पाहुनाहरुमा न्यूह्याम्पसायर नेपाली समाजका उपाध्यक्ष लाक्पा शेर्पा, एन.आर.एन.ए. न्यूह्याम्प्सायर च्याप्टरका अध्यक्ष कमल ढुङ्गाना र गुरुङ्ग समाज न्यू ह्याम्प्सायरका सदस्य यम घले हुनुहुन्थ्यो।त्यस्तै गरीसंस्थाका बिशिष्ट व्यक्तित्वहरु, साकेलाथान निर्माण परियोजनाका संयोजक तथा पूर्व केन्द्रिय अध्यक्ष विष्णु कुमार राई, कानुनी सल्लाहकार सुरेश चाम्लिङ्ग, साँस्कृतिक संयोजक गुल्सन राईको उपस्थिती रहेको थियो। मातृ देश नेपाल र कर्म देश अमेरिकाको राष्ट्रिय धुन वजाएर शुभारम्भ गरिएको उक्त कार्यक्रममा नेपालबाट हालसालै मात्र अमेरिका आउनु भएका महानुभावहरू दिपेश साड्ःपाडः राई, आकृति राई, हेम कुमार राई, शुनिता राई र ईहाड्ःमा राई ५ जना नयां सदस्यहरूलाई संस्थाद्वरा विशेष स्वागत तथा सम्मान गरिएको थियो ।

अमेरिकामा हुर्किरहेका नयाँ पिढीलाई किराती संस्कृति र संस्कारको ब्यावहारिक शिक्षा दिने उद्देश्यले साकेलाथान निर्माण अभियानकासंयोजक तथा पूर्व केन्द्रिय अध्यक्ष विष्णु राईले किरात राई यायोख्खाद्धारा प्रकाशित मुन्धुमी पूजा विधीको किताब वाचन गरी पूजाअनुष्ठान गर्दै, यस भित्र रहेको एैतिहासिक र अध्यात्मिक दर्शनको व्याख्या समेत गर्नु भएको थियो। उहांले UKROA को ”ड्रिम प्रोजेक्ट” अमेरिकामा किरांतहरूको साकेलाथान निर्माण अभियानको प्रगति विवरण बारे जानकारी गराउनु हुदै यस अभियानमा जोडिदै आर्थिकयोगदान गर्नुहुने नयाँ दाता सदस्य बन्धुहरुलाई खदा लगाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

संस्थालाई गतिशिल र मजवुद बनाउन स्थायी आर्थिक स्रोतको खोजी गरिनुपर्ने तथ्यलाई बोध गर्दै, यसको समाधान पनि सदस्यहरुभित्रैबाट खोजिनु पर्ने तर्क गर्नुहुदै न्यू ईङ्गल्याण्ड च्याप्टर कार्य समितीले ईच्छुक सदस्यहरुबाट स्वईच्छाले नियमित रुपमा मासिक २०डलर च्याप्टरको निम्ती योगदान गर्न अनुरोध गर्ने निर्णय गरेको ब्याहोरा च्याप्टरका आर्थिक सल्लाहकार केवी राईले जानकराी गराउनुभएको थियो। च्याप्टरले गरेको निर्णय ज्यादै प्रभावकारी र स्वगत योग्य भएकोले च्याप्टर कार्य समिती र केन्द्रिय समितीका उपश्थितपदाधिकारीहरूले आफ्नो तर्फबाट एक वर्षको सहयोग रकम संस्थालाई कार्यक्रममा प्रदान गरेका थिए।
साकेला उधौली पूजाको प्रारम्भ मुन्धुमी विधीबाटै प्रतिकात्मक रूपमा स्थापित तिन चुला र प्रकृतिको पुजा गर्दै, सामुहिक रूपमा साकेलासिली प्रश्तुत गरिएको थियो।किरात बालबालिकाहरुले कार्यक्रममा आ–आफ्नो कलाहरू प्रस्तुत गरेका थिए। न्यूह्याम्सायर राज्य स्थितडोभर सिनियर हाईस्कूलमा अध्ययनरत विध्यार्थी सुभाना राईले किरांत धर्ममा तीन चुलाको अर्थ र महत्वको बारेमा आफ्नो शोध–पत्रप्रश्तुत गरेकी थिईन्।प्रमुख सम्पर्क भाषाको रुपमा अग्रेजी बोल्ने नयाँ पिढीको निम्ति शुभानाको प्रस्तुति निकै प्रभावकारी भएको थियो।साथै यमीहाङ्ग राई र सुनैना राईले क्रमश मिठो वाल गित र सुन्दर नृत्य पनि प्रस्तुत गरेका थिए।
कार्यक्रमको सम्पूर्ण प्रविधीक र सांस्कृतिक संयोजन च्याप्टरका कोषाध्यक्ष चन्द्र कुमार राईले गर्नु भएको थियो, भने संचालन च्याप्टरमहासचिव राकेश राई र केन्द्रिय महासचिव मुक्ति नारायण राईले संयुक्तरुपमा गर्नुभएको थियो।कार्यक्रमको अध्यक्षता गर्नु भएकाच्याप्टर अध्यक्ष कर्ण ब. राईले कार्यक्रमको समापन गर्नु हुदै देश–विदेशमा रहनु भएका सम्पूर्ण किरात तथा गैर किरात नेपालीआमा–वुवा, दाजुभाई, दिदीवहिनीहरुमा उधौलीको शुभकामना दिनु भयो। उहांले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटनु हुनेकार्यसमितीका सहकर्मी पदाधिकारीहरु, सदस्यहरू ,छोरीचेलीहरु र आमा, भाउजुहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रमको समापन पूर्व डिजे संगितिक माहोलमा समुहिक नाचगान पनि गरिएको थियो।
UKROA ले यसवर्षको साकेला उधौली गत ३० डिसेम्बरका २०२२ का दिन न्यूयोर्क च्याप्टरको आयोजनामा ज्याक्सन हाईटमा रहेकोघ्याल्सुम्दो सेवा समाजको हलमा विधिवत रूपमा उधौली पुजा अनुष्ठान गरी समापन गरेको थियो । किरांत सांस्कृतिक भेषभुषामासजिएर साकेला सिली नाच्दै, एकअर्कामा शुभकामना आदनप्रदान गर्दै, विभिन्न साँस्कृतिक कार्यक्रमका विच भब्यरुपमा सम्पन्नगरिएको थियो। न्यूयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ्गको अध्यक्षतामा सम्पन्न उक्त उधौली कार्यक्रमका नेपालबाट हालसालैअमेरिका आउनु भएका थागेन्द्र राई, अर्पन राई, मनिराज राई, किपा शेर्पा राई र शान्ति राईलाई संस्थाद्वारा विशेष स्वागत तथा सम्मानगरेको थियो।
कार्यक्रमका प्रमुख अतिथी वरिष्ट नृत्य निर्देशक गोविन्द राईले विविध संस्कृति र परम्पराका धनी नेपालीहरु जहाँजहॉ पुगे पनि आफ्नोपहिचान र संस्कृति संगै बोकेर लगिरहेका हुदा, नेपाली पहिचान संसार भरी फैलिरहेको तर्क गर्नु हुदै आदीवासी किरात राईहरुकोस़स्कृति भित्रको यो मौलिक चाड उधौलीको शुभकामना समेत दिनुभएको थियो।नेपाल सरकारका पर्यटन सदभावना दुत केशबरामराईले किरात राईहरुको आध्यात्मिक मियोको रुपमा रहेको साकेलाथान UKROA ले अमेरिका निर्माण गर्न लागेको यो पवित्रउद्देश्यलाई मुर्त रुप दिन सबै किरात राईहरुले गच्छे अनुसारको दान दक्षिणा सहित तदारुक्ताका साथ जोडिनु पर्ने राय ब्यक्त गर्नुभएकोथियो।पूर्व केन्द्रिय अध्यक्ष प्रभाकर राईले भने किरात राईहरुको मृत्युपर्यन्त आध्यात्मिक गन्तव्यको पथ प्रदर्शकको रुपमा रहेकोनच्छुङ्गको महत्व र लोपोन्मुख हुदैं गईरहेको वर्तमान परिप्रेक्ष्यमा यसको संरक्षणको निम्ति संस्थागत रुपमा गरिनु पर्ने आजकोआवश्यकता माथी चर्चा गर्नुभएको थियो। केन्द्रिय बि.ओ.डि. गणेश राईले राईहरुको आ–आफ्नो वंश र चुला (सुप्तुलुङ्ग) बीच रहेकोभिन्नतालाई कायम राखी स्वच्छ वंश बैवाहिक सम्बन्ध र परम्परालाई अक्षुष्ण राख्न सामुहिक चूला सुप्तुलुङ्गको अवधारणा प्रतिआफ्नो फरक मत राख्नु भएको थियो।
न्यूयोर्क च्याप्टरका वरिष्ट उपाध्यक्ष तथा कलाकार वसन्ती राई र कार्यक्रमका संयोजक तथा च्याप्टर उपाध्यक्ष कृष्ण प्रसाद राईलेसंयुक्त रुपमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई च्याप्टरको तर्फबाट स्वागत गरेका थिए।किराती पोशाकमा उपस्थित सम्पूर्ण किरातराई बन्धुहरु, आगन्तुक पाहुनाहरु र उक्त उधौली पूजा समारोहलाई सफल बनाउन प्रत्यक्ष र परोक्ष रुपम सहयोग पुर्याउनु हुने व्यक्तितथा संस्थाहरु प्रति च्याप्टर अध्यक्ष ममता खालिङ्गले साकेला उधौलीको शुभकामना सहित धन्यवाद तथा आभार ब्याक्त गर्नु भएको ।कार्यक्रमको संचालन च्याप्टरका सदस्य सचिव शन्तोष राईले गर्नुभएको थियो।