Banner

स्यांग्जा समाज अमोरिकाले न्युयोर्कमा होली खेल्दै कलाकार सम्मान कार्यक्रम गर्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । स्यांग्जा समाज अमोरिकाले न्युयोर्कमा हिन्दुहरुको चाड रंगको पर्ब ‘होली’ खेल्दै कलाकार सम्मान कार्यक्रम गर्ने भएको छ ।

स्यांग्जा समाज अमेरिकाको मुख्य आयोजना, स्यांग्जा समाज अमोरिकाकी अध्यक्ष/महिला ब्यवसायी/गायिका तथा कलाकार बिमला हमाल श्रेष्ठको अध्यक्षता, जादुगर तथा हास्य कलाकार महादेब त्रिपाठीको संयोजन र म्याक्स ट्याक्सको बिषेश सहयोगार्थमा न्युयोर्कको क्विन्स, ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा भोली मार्च ८,२०२३ बुधबार दिउसो १२ बजे देखि रातीको १२ बजे सम्म होलि खेल्ने कार्यक्रमको साथै म्याक्स ट्याक्स कलाकार सम्मान कार्यक्रम गर्ने भएको हो ।

उक्त कलाकार सम्मान कार्यक्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु र केहि स्थानिय कलाकारलाई सम्मान गर्न लागेको हो ।

सम्मान प्राप्त गर्नेहरुमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु बरिष्ठ गायिका सपना श्री परियार, बरिष्ठ चलचित्र नृत्य निर्देशक गोबिन्द राई, बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॅागी, गायिका निशा सुनार, गायिका रेश्मा सुनुवार, गायिका संगिता थापा मगर, नायिका तथा मोडल रंजिता गुरुंग, गायिका तथा मोडल सरिता डॅागी, गायिका तथा मोडल बसन्ती राई, मोडल गिता राई, मेकअप कलाकार सोफि सुनुवार, निर्देशक/अभिनेता तथा मिडिया पर्सनालिटी (कार्यक्रम प्रस्तोता (होस्ट)) बिक्की पुलामी, तबला बादक न्हुच्छे मान डंगोल, गायिका उर्मिला लाम्गादे, गायक मधुर गिरी, कलाकार बुद्धीमान घिसिंग, र स्थानिय कलाकारहरु गरिमा ज्ञवाली (मिस नेपाल नर्थ अमेरिका), ब्रिहती हमाल, अमर अनुराग श्रेष्ठ र शुस्मिता बिष्ट रहेका छन् ।

 

Loading...