
नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई भारतमा सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले भारतमा यस सिजनकै उत्कृष्ट गोलकिपरको उपाधी जितेका छन् ।

एक साता अघि भारतको पञ्जाब एफसीलाई आइ-लिग च्याम्पियन जिताउदा आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २-० ले हराउँदै आई-लिग सिजनको अन्त्य गरेका थिए ।

२२ खेलबाट १६ जित, ४ बराबरी र २ हारसहित ५२ अंक जोडेर उपाधि जितेको पञ्जाबले सन् २०१२-१३ मा चर्चिल ब्रदर्सपछि ५० अंकको अंक पार गर्ने पहिलो च्याम्पियन टोली पनि बनेको छ।

उपाधि विजेता पञ्जाब क्लबले १ करोड भारतीय रूपैयाँ हात पारेको छ। भने किरणले २ लाख ५० हजार भारतीय रूपैयाँ र ट्रफी सहित लगातार २ सिजन पञ्जाबबाटै खेल्दै सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन् ।
