
आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना )को न्युयोर्कमा अन्तरास्ट्रिय नारी दिवस २०२३ सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तरास्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर “Voices of Immigrant Women Journal” एक अन्तरक्रिया कार्यक्रमको साथ् बिमोचन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएकी सुकु रूम्दाली राईले सो जर्नलको बिमोचन गर्नु भएको हो । यो संकल्प सस्थाको स्थापनाकाल देखि नै भएकोले लामो समयपछि एउटा सपना पुरा भएको जानकारी संस्थाकी अधक्ष्य इन्दिरा चोङबाङले जनाउनु भयो ।

ज’र्नी अफ द जर्नल’को बिषयमा बोल्दै अध्यक्ष चोङबाङले यो कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भएपनि सबैजनाको एक्यवद्धता, प्रतिवद्वता र लगाबका कारण सफल भएकोले यस कार्यमा संलग्न सम्पूर्ण टिम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्याउने ब्यबसायी लगायत सम्पूर्ण सहयोगिमनहरूप्रति आभार प्रकट गरिन् ।त्यसैगरि यो प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आगामी द्नमा सुधार गर्नको लागि सम्पूर्णसॅग आग्रहपनि गर्नु भईन् ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तोता प्रा.डा. रेजिता नेयरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुति राख्नु भएकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन सेलभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकि थिइन् ।
कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्याउने ब्याक्तिहरू नेपालको लागि सद्भावना पर्यटन दुत न्यूयोर्कका केशबराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासॅध अमेरिका (फिप्ना) का पूर्ब सभामुख बिनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई लाई संस्थाले सम्मान समेत गरेका थिए । त्यसैगरि नेपाली समाजमा सकारात्मक प्रभाब जमाउन सफल सामाजिक अभियान्ता तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएनका अध्यक्ष, हामी नेपाली ग्लोबलको प्रथम उपाध्यक्ष तथा न्यूयोर्क सिटीका मेयर एरिक एडमका सल्लाहकार नबराज केसि, कृयाशिल युवा दिपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामा लाई पनि हौसलास्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

बिभिन्न सॅघ-सॅस्थाका प्रतिनिधीहरूकाबीचमा सम्पन्न उक्त कार्यक्रममा सॅस्थाका पदाधिकारी र सदस्यहरूगरी जम्मा २० जनाले आजीवन सदस्यता लिए बापत दोसल्ला र प्रमाण-पत्रका साथ सम्मान गरेका थिए ।
कार्यक्रममा सॅस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूष बिचमा भएको सामाजिक बिभेदलाई प्रकाश पार्दै उन्मुलन गर्नका लागि नयॅा पिढीहरू एक हुनुपर्ने बताइन् ।

त्यस्तै सॅस्थाकी सॅस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिलेपनि अघाडि बढ्न हौसला दिएको बताउॅदै सॅस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । “हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको बिकास गरौ “ उनको जोड थियो ।
अन्त्यमा यस सॅस्थालाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्ने ब्याक्तिहरूले सॅस्थाको गोल्ड स्पोनसरमा सद्भावना पर्यटन दुत तथा सामाजिक अभियान्ता केशबराम राइ र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष तथा सामाजिक अभियान्ता इन्द्र तामाङ गोल्ड स्पोनसर, फिपना का पूर्ब सभामुख बिनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बा दयबाट सिल्भर स्पोनसर स्वरूप सॅस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूर्ण उपस्थितलाई धन्यबाद तथा आभार ब्यक्त गर्दै सम्पूर्णले यसैगरि साथ सहयोग गर्न आग्रह गर्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औपचारिकरूपमा अन्त्य गरिन् ।