Banner

युक्रा न्युयोर्क द्वारा समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा श्रद्दान्जली सभा कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज, सन्तोष राई
न्युयोर्क । अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)को युक्रा न्युयोर्क च्याप्टरले स्वर्गिय समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा शनिबार श्रद्दान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।


समाजसेवी राई युक्राकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्यक्ष युक्रा न्युयोर्क च्याप्टरकी पुर्ब अध्यक्ष नविन कला राई तथा युक्रा न्युयोर्क च्यापटरकी संस्थापक सदस्य शान्त कला राईका बुवा समेत हुन्।


कार्यक्रम युक्रा न्युयोर्क च्यापटरकी वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बसन्ती राईको सभापतित्वमा आयोजना भएको थियो । वरिष्ठ नृत्य निर्देशक गोविन्द राई प्रमूख अतिथी भएको कार्यक्रम गत मार्च शनिबार बेलुकी ६:०० देखी ९:३० बजेसम्म ४०-०८-७६ स्ट्रिट ज्याक्सन हाइट स्थित ग्याल्सुम्दो सेवा समाजको भवनमा सम्पन्न भएको हो ।


समाजसेवी राई वि.स. १९९८ मा खोटाङको पाथेकामा जन्मिएका थिए भने २०७९ कार्तिकमा सुनसरीको तरहरामा निधन भएको थियो । उनी भूतपूर्व बेलायती सेना थिए। बेलायती सेनाबाट पेंसमा आएपछि लामो समय समाज सेवामा लागेका थिए। उनका श्रीमति र दुई छोरी नविन कला र शान्त कला राई छन्।


संस्थाकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला र युक्रा न्युयोर्क च्यापटरकी संस्थापक सदस्यशान्त कला लामो समय देखी संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन्।


श्रद्दान्जली मन्तब्य दिने क्रममा कार्यक्रमका प्रमूख अतिथी कलाकार गोबिन्द राईले स्व. बल प्रसाद रदखु राई आफन्त नाताले देबा (ठुलो बुवा)भएको हुँदा आफुले धेरै पहिले देखी चिनेको बताए। उनले भने समाजसेवी स्व. राई दयालु, मिलनसार मनका धनी आफन्त नरनातासँग सधैं समधुर सम्बन्ध राख्ने गरेको सुनाए ।


संयुक्त राज्य अमेरिका न्युयोर्क राज्यका पर्यटन सद्भावना दूत केशवराम राईले समाजसेवी स्व. बल प्रसाद रदखु राई र आफु बेलायतको सेनामा संगै काम गर्दा देखि चिन्जान र समधुर सम्बन्ध रहेको बताए । उनले स्व. राई दयालु, सहयोगि र आफन्त भने पछी मरिहत्ते गर्ने अती मिलनसार स्वभावका थिए भन्दै मन्चमै भावुक बनेका थिए।

त्यस्तै, युक्रा केन्द्रका भूतपुर्ब अध्यक्ष प्रभाकर राईले स्व. बल प्रसाद रदखु राईसँग प्रत्यक्ष भेट्न नपाए पनि आफ्नै बहिनी जस्तै नबीन र शान्त धेरै पहिले देखी नजिकबाट चिनेको बताए ।
मन्तव्य दिने क्रममा युक्राकी निवर्तमान अध्यक्ष मुना राईले स्व. बल प्रसाद रदखु आफ्नो नजिकैको आफन्त रहेको बताइन् । उनी दयालु र मिलनसार भएकै कारण उनको निधनले धेरैलाई स्तब्ध तुल्याएको भनाई व्यक्त गरिन्। उनले जे हुने भई सक्यो अब मनमुटु दर्हो बनाएर अगाडि बढ्नु पर्छ भन्दै सहानुभुती व्यक्त गरिन्।
समाजसेवी स्व. राईलाई नजिकबाट चिन्ने सुकु रूम्दाली राईका अनुसार उनी आफ्नो काम कर्तव्यमा निष्ठा भएकै कारण बेलाएती सेनामा रहँदा इमान्दारिता प्रतिक मेडल पाएको बताइन् ।
युक्रा केन्द्रिय अध्यक्ष जय कुमार राई उक्त श्रद्दान्जली सभामा प्राविधिक कारणले उपस्थित हुन नसके पनि समवेदना सन्देश मार्फत समवेदना व्यक्त गरेका थिए।


“जिवनको अन्तिम सत्य नै मृत्‍यु हो, जून कसैले रोक्न छेक्न नसक्ने र आफ्ना प्रियाजन छुटिएर जादाँको पिडा साच्चिकै कहाली लाग्दो हुन्छ”, युक्रा केन्द्रिय अध्यक्ष राईको सन्देसमा भनिएको छ । उक्त सन्देश युक्रा केन्द्रिय सदस्य गरचा किरातले वाचन गरेका थिए। युक्रा न्युयोर्क च्यापटरका उपाध्यक्ष कृष्ण राईले सो श्रद्दान्जली कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै स्व. राईका परिवार प्रती सान्त्वना तथा समबेदना प्रकट गरेका थिए।


कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बसन्ती राईले समाजसेवी स्व. राईको निधनले आफुलाई अत्यन्तै दुखी तुल्याएको भनाइ व्यक्त गारिन्। उनले यस्ता दुखद् कार्यक्रममा कहिल्यै भेला हुन नपरोस् भन्दै सोकाकुल परिवारजनमा साहनुभुति व्यक्त गरिन्। उनले कार्यक्रममा उपस्थित सम्पूर्ण लाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेकी थिइन्

 

Loading...