Banner

अन्तिम पटक मृतक छोराको अनुहार हेर्ने बुवाको ईच्छा

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत मंगलबार संयुक्त राज्य अमेरिकाकको टेक्सास राज्यमा घटेको एक दर्दनाक घटनाले अहिले गैर-आवासिय नेपाली माझ ठुलो चुनौतीको बिषय बनेको छ ।

सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली माझ चिरपरिचीत ब्यक्तित्व कृष्ण लामिछानेको आत्महत्या एक चुनौतीको बिषय बनेको छ ।


कृष्ण लामिछानेको आत्म हत्या पश्चात नेपालमा रहेको कृष्णको बुवा राम प्रसाद लामिछानेले एक पत्र लेखि आफ्नो मृतक छोरा कृष्ण लामिछानेको अन्तिम पटक अनुहार हेर्ने र दाह संस्कार गर्ने ईक्छा ब्यक्त गर्दै सहयोगको लागी अपील गर्नुभएको  छ ।

कृष्ण लामिछानेको आत्महत्या लगतै बाहिरिएको अडियो र भिडियो रेकर्डले अहिले नेपाली अमेरिकी बजार तातिएको छ ।

नेपाली अमेरिकी सामाजिक अभियन्ताहरुले आ-आफ्नो सामाजिक संजालमा स्व. कृष्ण लामिछाने प्रति भाबपुर्ण स्रद्धान्जी ब्यक्त गर्दै लामिछानेको आत्महत्याको कारण खोजि गरी दोषीलाई कारबाही गर्न चुनौती दिएका छन् ।

सबैले चुनौती दिए तर साच्चिकै कृष्ण लामिछानेको न्यायको लागी उभिदै आगामी दिनमा यस्ता घटना नदोहोरिन दिन कदम चाल्ने बहादुर के हाम्रो नेपाली समाजमा जिबितै छन् त ?

बुवा राम प्रसाद लामिछानेको लेख्नुभएको पत्र जस्ताको तस्तै तल राखिएको छ ।

 

Loading...