
न्युयोर्कमा हुने ‘नेपाल डे परेड २०२३’को कार्य बिभाजन,कुन बिभाग, कस्ले सम्हाल्ने ?

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरको मुटु तथा अर्थतन्त्रको हब ‘म्यानहाट्टान’मा प्रत्येक बर्ष हुने नेपल चिनारी महोत्सव “नेपाल डे परेड २०२३” को सम्पुर्ण कामको बॅाडफाड र बिभाग प्रमुख तोकिने कार्य सम्पन्न भएको छ ।


हिजो मार्च २६,२०२३ आईतबार, न्युयोर्कको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा बसेको दोश्रो चरणको आयोजकको बैठकले ‘नेपाल डे परेड २०२३’को सम्पुर्ण काम र बिभाग प्रमुख तोकी उत्तरदायित्वको प्रमाण पत्र प्रदान गरेको हो ।

मे २१,२०२३ आईतबारको दिन हुने उक्त नेपाल चिनारी महाअभियानको अध्यक्षमा गैर आवासिय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष आंग छिरिंग शेर्पा रहने छ । भने ‘कन्भेनर’को उत्तरदायित्व सामाजिक अभियन्ता टक रुवालीले सम्हाल्ने छ । त्यस्तै गरि उप-कन्भेनरमा सामाजिक अभियन्ताद्वय मनिता गुरुंग, बिनिता तामांग, कृष्ण आचार्य, बसन्त चापागॅाई, एपि शेर्पा लामा र यमुना हमाल श्रेष्ठ लाई चयन गरेको हो ।


बिभिन्न कार्य बिभाजन र उक्त कार्यको संयोजकमा क्रमसः रामेश्वर बुर्लाकोटी (आर्थिक), किरण मरहट्ठा (मिडिया), चमेली परियार (प्रचार-प्रसार), लंग आईल्याण्ड नेपाली समाज (ट्रक ब्यवस्थापन), रश्मी श्रेष्ठ (अतिथी सत्कार), दिनेश डॅागी र लक्ष्मी थापा (सामुदायिक समन्वय), बसन्ती राई (सांस्कृतिक), किशोर रेग्मी (स्वयंसेवक परिचालन), बिकाश पाण्डे (र्याली ब्यवस्थापन), नवराज केसी (बिदेशी पाहुना सत्कार), एपि शेर्पा लामा (झाकी ब्यवस्थापन) मा चयन गरेको हो ।

त्यस्तै गरी नेपालमा पनि समन्वयको निमित्त प्रदेश संयोजकहरुको चयन गरेको छ । प्रदेश नं १ (कोशि प्रदेश) का लागी बिजय कुमार थुलुंग, प्रदेश नं २ (मधेश)का लागी मनोज सिंह, प्रदेश नं ३ (बाग्मती) ध्रुब कुमार क्षेत्री, प्रदेश नं ४ (गण्डकी)का लागी बिरेन्द्र जंग केसी, प्रदेश नं ५ (लुम्बिनी) का लागी बिकास बिष्ट, प्रदेश नं ६ (कर्णाली)का लागी पुष्पा बस्नेत र प्रदेश नं ७ (सुदुर पश्चिम) का लागी राम बहादुर देउवालाई चयन गरेको हो ।