
मिथिला महोत्सव अमेरिका २०२३-बाल कला,गोष्ठी,प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुने

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । मिथिला सेन्टर अमेरिकाको मुख्य आयोजनामा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा मिथिला महोत्सव अमेरिका २०२३- ‘दिगो बिकासको लागी कला’ नाराको साथ मिथिला हेरिटेज प्रदर्शनी हुने भएको छ ।


आगामी अप्रिल १४-१६,२०२३ शुक्रबार,शनिबार र आईतबार ३ दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित डाईभर्सिटी प्लाजामा ३ दिने मिथिला महोत्सब हुन लागेको हो ।उक्त महोत्सबमा नेपाल चिनाउने मिथिलाको ऐतिहासिक बस्तुहरु प्रदर्शनी, बाल कला कार्यशाला गोष्ठी, अवार्ड तथा सांस्कृतिक कार्यक्रम फरक-फरक दिनमा हुने भएको छ ।


बाल कला प्रतियोगितामा सहभागी हुन ईच्छुक बालबालिकाको लागी भने दर्ता फारम खुलेको र www.mithilacenter.org को वेबसाईटमा गई आफ्नो स्थान सुरक्षित गराउन सकिने कार्यक्रम संयोजक अमित साहले जानकारी दिएका छन् ।


मिथिला सेन्टर अमेरिकाको साथै यस् महोत्सवलाई नेप्लिज अमेरिकन फाउन्डेसन र अपान फाउन्डेसनले सह-आयोजकको रुपमा सहयोग पुर्याएको छ ।

यो महोत्सव मिथिला राजा सल्हेस जयन्ती, जुर शितल महोत्सब र नेपाली नयॅा बर्षको उपलक्ष्यमा हुन लागेको हो ।