Banner

यु-१० ‘बार्सा एकेडेमी बिश्व कप’ खेल्न ९ बर्षिय फेलिक्स मगर बार्सिलोना प्रस्थान


मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । स्पेनको बार्सिलोनामा हुन गईरहेको ‘बार्सा एकेडेमी वर्ल्ड कप’ खेल्न न्युयोर्कबाट परिवार सहित फेलिक्स राना मगर हिजो मार्च ३० बिहिबार स्पेन प्रस्थान गरेको छ ।

९ बर्षिय फेलिक्स राना मगर आफ्ना बाबा बिष्णु राना मगर र आमा नन्द गुरुंगको साथमा उक्त प्रतियोगिता खेल्नको लागी स्पेन गएको हो । अप्रिल २-१० २०२३ सम्म चल्ने बार्सा एकेडेमी वर्ल्ड कपमा फेलिक्सले बार्सा एकेडेमी न्युयोर्कबाट स्ट्राईकरको रुपमा खेल्ने छ । भने फेलिक्स बार्सा एकेडेमी न्युयोर्कमा प्रशिक्षण लिईरहेका बाल खेलाडी हुन् ।


Loading...