
धुर्मुस र सुन्तलीले सुरुवात गरेको गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण सम्पन्न गर्ने भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधिन गौत्तम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला रकम अभावका कारण केही वर्षदेखि निर्माण काम रोकीएको थियो ।

केही समय अघि फाउन्डेसनका संस्थापक तथा कलाकार सिताराम कट्टेल(धुर्मुसे) र कुन्जना घिमिरे (सुन्तली)ले रंगशाला निर्माणको क्रममा १८ करोड ऋण लागेको र तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए । र पछि केहि साताअघि मात्र यि जोडीले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए ।


हालसम्म रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिसकेको रंगशालामा तीन हजार दर्शक अटाउन सक्ने क्षमता रहेको र प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माणको काम रोकिएको थियो ।
