
लंगआईल्याण्ड नेपाली समाज, न्युयोर्कले बालबालिकाका निमित्त नेपाली भाषा र नृत्य कक्षा संचालन गरेका छन् ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हिजो आईतबार अप्रिल ०२,२०२३ का दिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको लंग आइल्याण्डमा बसोबास गर्ने नेपालीहरुको संस्था लंगआईल्याण्ड नेपाली समाजले नेपाली भाषा र नेपाली नृत्य कक्षा कार्यक्रमको उद्घघाटन सम्पन गरेको छ |

संस्थाका अध्यक्ष बसन्त चापागाईको सभापतित्वमा सुरुवात भएको कार्यक्रम संस्थाका महासचिब बाबुराम शर्माले औपचारिकता (कार्यक्रम संचालन) गरेका थिए । भने युवा संयोजक बिशाल रेग्मीले स्वागत मन्तब्य राखेका थिए ।


न्युयोर्क राज्यको क्विन्स पछि सबै भन्दा बाक्लो नेपालीहरुको बसोबास रहको शहर भनेको लंगआईल्याण्ड हो, जहॅा ९०% नेपालीले आफ्नै घर खरिद गरी बसोबास गरिरहेका छन् ।प्रवासमा बढ्दो नेपलीको जनसंख्या संगै नबपिढीका नेपाली बालबालिकाहरु माझ नेपाली संस्कार,कला, भेषभुशा, भाषा, रितिरिवाज र नेपालीपनको जगेर्ना र पुस्तान्तरणको निमित्त नेपाली भाषा कक्षा र नेपाली नृत्य कक्षा अत्ति महत्वपुर्ण रहेको र एस्ता किसिमको कार्यक्रमहरुले बालबालिकालाई ब्यस्त बनाउने नेपाली पहिचानलाई आत्मसाथ गराउन पनि निकै ठुलो सहयोग पुग्नेछ ।


५० भन्दा बढी बालबालिकाको उपस्थिती रहेको उद्घाटन कार्यक्रम निकै उत्साहित बनेको थियो । साबित्रा सिवाकोटीको नेतृत्वमा भाषा कक्षा संचालन र रुपा भण्डारीको नेतृत्वमा नृत्य कक्षा संचालन सुरुवात भएको हो ।

संस्थाका सल्लाहकारद्वय बेद प्रसाद खरेल ,कल्पना थापा , महेश खड्का र दुर्गेश जंग कार्कीले फोन मार्फत बधाई तथा शुभकामना दिनु भएका थिए । भने संस्थाका अन्य सल्लाहकारद्वय बिश्वराज बास्तोला , पिपल मणी सिग्देल , टिकाराज ढकाल र हरि दाहाल कार्यक्रममै उपस्थिती रही कार्यक्रम सफलताको निमित्त शुभकामनाको साथै कक्षाहरुको निरन्तरताको लागि जोड दिनु भएका थिए । समाजका अगुवाहरु शिव मैनाली , शंकर भण्डारी , शंख नारायण प्रजापति, केदार कटेल र लंगआईल्याण्डमा बसोबास गर्नुहुने समाजका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका संस्थाका अध्यक्ष बसन्त चापागाईले कार्यक्रमको निरन्तरता र सफलताको निमित्त पुस्तकहरु सहयोग र स्वयॅ्सेवकको रुपमा आफ्नो समय खचिनु भएका सम्पुर्णलाई बिशेष धन्यबाद र कार्यक्रममा उपस्थिती सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको बिसर्जन गर्नु भएको थियो ।