
रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकिएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्ब उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिरुद्ध राहदानी दुरुपयोग आरोपको विषयमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको मुद्दाको सुनुवाइ आज सकिएको छ ।


बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले युवराज पौडेल सफलले दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । यस अघि मंगलबारको लागी न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको थियो । तर, उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो र बुधबारका लागि पेसी तोकिएको हो । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने अपेक्षा गरिएको छ । नेपाल समाचारपत्र


