Banner

सर्बोच्च शिखर सगरमाथाको हिमपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाडौं । सर्बोच्च शिखर सगरमाथामा  हिमपहिरो हुदा  ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ ।

बुधबार इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणका लागि गाइडको भूमिकामा सगरमाथा आरोहण गर्ने क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ मुनि हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन शेर्पा आरोहीको मृत्यु भएको हो ।

हिमपहिरोमा परि ज्यान गुमाउनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।उनिहरुको शव खोँचमा परेका कारण शव निकाल्न अप्ठ्यारो भइरहेको बताइएको छ । भने अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत खोजी कार्य भइरहेको बताइएको छ ।

Loading...