
कवि कृसु क्षेत्री प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट सम्मानित

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । सम्माननीय राष्ट्रपति श्री राम चन्द्र पौडेलज्यूबाट आज चर्चित कवि कृसु क्षेत्री प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट सम्मानित हुनु भएको छ ।


राष्ट्रपति निवासमा सम्पन्न विशेष समारोहमा आज नेपाल रत्नबाट पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला लगायत सत्यमोहन जोशी, बैरागी काइला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, गंगाप्रसाद उप्रेती, लगायत विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका थिए ।


विभूषण सुशोभन समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री द्वय, उपसभामुख लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

विलयन कवि कृसु क्षेत्रीको चराको गीत, वोधिसत्वको मृत्यु उत्सव, अर्धमुदित आँखाहरू लगायत चर्चित कृतिहरू प्रकाशित छन् ।
