
तनहॅु क्षेत्र नं १ मा भारी मत सहित स्वर्णिम वाग्ले बिजयी

मकै हाउस टिभी एण्ड न्युज,
तनहॅु । भर्खरै तनहॅुमा सम्पन्न प्रतिनिधि सभा उपनिर्बाचन २०८० मा क्षेत्र नं १ बाट अत्याधिक मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले बिजयी भएका छन् ।


प्रतिनिधि सभा उपनिर्बाचन २०८० मा तनहॅु क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोबिन्द भट्टराईको २०,०९२ मत र नेकपा एमालेका सर्बेन्द्र खनालको ८,५५५ मत खस्दा राष्ट्रिय स्वतन्त्र पार्टिका स्वर्णिम वाग्लेको ३४,४८० मत खसेको हो ।


रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेले आफ्नो प्रतिद्वन्दी भन्दा झण्डै दोब्बर र चौब्बर मतान्तर फरकमा बिजयी बनेका हुन् ।
