
गायिका उर्मिला लाम्गादेको “मेरो बुवाको घर”लाई १ लाखको नजर (भिडियो सहित)

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’लाई १ लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ ।


शब्द/संगित तथा यस् गितका मेल भर्सन गायक पास्टर रोहित थापा हुन् । भने फिमेल भर्सनमा गायिका उर्मिला लाम्गादेले स्वर भरेकि हुन् ।

भिडियोमा स्वयं गायिका लाम्गादे र उनको परिवार फिचर्ड रहेको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो । भने भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियो गायिका लाम्गादेको युट्युव च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक गरिएको हो ।


संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आउनु आएकी गायिका लाम्गादेको स्वरमा यसअघि ‘जवानी ताजा ताजा छ’, ‘माया बैगुनी’, ‘लिन आउछु भन्थ्यौ’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन् । गायन संगै अभिनयमा समेत रुचि राख्ने लाम्गादेले ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन् ।