Banner

पूर्वप्रधानमन्त्री भट्टराईले भने – रेशम चौधरी क्रान्तिकारी हुन् सलाम !

मकै हाउस टिभी एण्ड न्युज, 
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टिकापुर हत्याकाण्डका योजनाकारका रूपमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई ‘क्रान्तिकारी’ संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतले चौधरीको मुद्दामा गरेको फैसलालाई लिएर उनले सामाजिक सञ्जालमा आलोचना गरे । अदालत र न्यायाधीशले पुराना कानून र सोच अनुसार दण्ड सुनाउने गरेको डा. भट्टराईको टिप्पणी छ ।

ट्विटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानून, नजिर, सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ! क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँर भविष्यमुखी सोचर मान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तर्विरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् सलाम ।

Loading...