Banner

चितवन समाज अमेरिकाको चौथौ अधिबेशनबाट नयॅा नेतृत्व चयन

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । चितवन समाज अमेरिकाको चौथौं अधिवेशनले नयॅा नेतृत्व सहितको कार्य समिती चयन गरेको छ । 

गत शनिबार जून १०, २०२३ का दिन न्युयोर्कको रिजवुड स्थित व्हाईल ईन काठमाण्डौ रेष्टुरेण्टमा सम्पन्न समाजको चौथौ अधिबेशनले अधक्ष्य पदमा कृष्ण गुरुंगलाई सर्बसम्मत चयन गरेको हो । 

समाजका निबर्तमान अधक्ष्य शिवकमल पौडेलको अध्यक्षता तथा NRNA NY Chapter का अध्यक्ष आगं छिरिगं शेर्पाको प्रमुख आतिथ्यता एवं NRNA NY Chapter का उपाध्यक्ष शोभाकान्त पान्डे र सचिव बासु लामिछाने सहितको आतिथ्यतामा सम्पन्न भएको उक्त समितीले अध्यक्ष पदमा कृष्ण गुरुंग, उपाध्यक्ष पदमा शारदा क्षेत्री, द्वितिय उपाध्यक्ष पदमा रहिश बर्तौला, महासचिव पदमा रमेश पाठक, कोषाध्यक्ष पदमा राजेन्द्र सापकोटा र सदस्यहरुमा पारश खरेल, लक्ष्मण वाग्ले (बाबु), लक्ष्मी सापकोटा, धुतराज लामालाई सर्बसम्मत चयन गरेको हो । 

नेपालको चितवन जिल्ला बाट संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूलाई गोलबद्द गरी सबैको साझा र थप बृहत् समाज बनाउने हेतुका साथ स्थापित समाजको चौथौ अधिबेशनका प्रमुख निर्वाचन आयुक्त रवि किरण कोईरालको संयोजकत्वमा निवर्तमान अध्यक्ष पौडेल र निवर्तमान महासचिव राजेश सापकोटा सहित तीन सदस्यीय संयोजन समिति गठन गरिएको छ।

 

Loading...