Banner

लंग आईल्यान्ड नेपाली समाज द्वारा अमेरिकामा राष्ट्रिय झण्डा फहराईने भएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । लंग आइल्याण्ड नेपाली समाजको बिशेष आयोजनामा गणतन्त्र दिवसलाई अवसर पारी  झण्डोत्तोलन  (नेपालको झण्डा फहराउने) कार्यक्रम हुने भएको छ ।


लंग आईल्यान्ड नेपाली समाजको आयोजना र समाजका सल्लाहकार टिका ढकालको संयोजकत्वमा हुन लागेको झन्डातोलन कार्यक्रम गणतन्त्र दिवसको अवसर पारेर town of hempstead मा यहि जुन १५,२०२३ बिहिबार बिहान ९ः०० बजे हुने भएको हो ।


झन्डोत्तोलन कार्यक्रमको लागि स्थानीय अमेरिकी सरकारका प्रतिनिधिहरु, नेपाल सरकारको तर्फ़बाट कार्यकारी महाबाणिज्यदुतको प्रमुख आतिथ्यता रहने कार्यक्रममा नेपाली डाएस्पोराका बिशिष्ट ब्यक्तित्वहरु र समाजका अगुवाहरुको पनि उपस्थिती रहने छ ।

उक्त कार्यक्रम जुन १५,२०२३ बिहीबार बिहानको ९ः०० बजे (June 15, 2023, Thursday, 9:00am) वन वासिंगटन स्ट्रिट, हेमस्टिड, न्युयोर्क ११५५० (one Washington Street, Hempstead, NY 11550) को भबनमा हुने भएको हो ।

Loading...