Banner

मिस नेपाल नर्थ अमेरिका २०२३, टप १८ छनौट, कुन प्रतिष्पर्धी कहॅा बाट ?



मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । यस् बर्षको मिस नेपाल नर्थ अमेरिका २०२३को टप १८ प्रतिष्पर्धीको नाम प्रकाशित भएको छ । 

ड्रिम्स युनिभर्सल एलएलसि न्युयोर्कको आयोजनामा प्रत्येक बर्ष संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने सौन्दर्य प्रतियोगिता “मिस नेपाल नर्थ अमेरिका २०२३” को टप १८ प्रतिष्पर्धीको नाम प्रकाशित भएको छ । 

टप १८ मा छनौट भएका प्रतिष्पर्धीहरु संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यमा र क्यानाडामा बसोबास गर्ने नेपाली नारीहरुले प्रत्येक बर्ष यस् प्रतियोगितामा भाग लिने गरेको छ । यस् बर्ष पनि संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट जुबिली शेर्पा, चादनी जोशी, रजिला बास्तोला, ओहायोबाट आयुशा समाल, कोलोराडोबाट ग्रिष्मा गौत्तम, शुभेक्ष्या कार्की, मिन्नेसोटाबाट खुश्बु मंडल, मेन्जिना महर्जन, टेक्ससबाट रचना पोखरेल, रिना श्रेष्ठ, स्मृती श्रेष्ठ, भर्जिनियाबाट सदिक्षा कार्की, म्यासचुसेट्सबाट संस्कृती लम्साल, भर्मन्टबाट श्रृष्टी राई, पेन्सिलभेनियाबाट स्नेहा बन र क्यानडाको ओन्तारीयोबाट ईशा सुबेदी, झरना लुईटेल, मनिकला गुरुंग गरि १८ जना प्रतिष्पर्धीले भाग लिएकी छन् । 

यस् बर्षको मिस नेपाल नर्थ अमोरिकाको ग्रान्ड फिनाले न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा जुलाईको २२,२०२३ शनिबार सॅाझ हुने भएको छ । 

‘Empowering Nepalese Women to Empower the Next Generation’ नाराको साथ हुने यस् सौन्दर्य प्रतियोगिताको यस् सिजनमा कस्ले बाजि मार्ने हो त्यो हेर्न भने जुलाई २२ लाई नै पर्खनु पर्ने हुन्छ । 

Loading...