Banner

आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बारबिक्यू कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,

  न्युयोर्क । आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) को बार्षिक पिकनिक तथा बारबिक्यू कार्यक्रम बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकरूपमा आयोजना गरिने यस कार्यक्रममा हरेक बर्ष केही आकर्षक मनोरञ्जनहरू पस्किएर सम्पन्न हुन्छन् । त्यसैगरि यस बर्षपनि बिभिन्न रोचक खेलहरूका साथै नेपालीपनले भरिपूर्ण परिकारका साथ न्यूयोर्कको क्विनस ब्रिज पार्कमा सम्पन्न भएको हो । कार्यक्रममा महिला र पुरूषका लागि अलग अलग बिभिन्न रमाइला खेलहरू थिए भने बालबालिकाकालागि पनि बिभिन्न रोचक खेलहरूले मनोरञ्जन प्रदान गरेका थिए ।

न्यूयोर्कमा रहेका बिभिन्न नेपाली सॅघ सॅस्थाहरूका प्रमुख र प्रतिनिधीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रम हरेक बर्ष नेपालीहरूबीचको भेटघाट, मनोरञ्जन लगायत नेपाली सॅस्कार , सॅस्कृति र नेपाली भाषालाई अमेरिकामै जन्मिएका नयॅा सन्नततिहरूमा हस्ताण्तरण गर्ने उदेश्यलेपनि आयोजना गर्ने गरेको सॅस्थाकी अध्यक्ष इन्दिरा चोङबाङको भनाई छ । फिवना अमेरिकामा रहेका नेपाली आदिवासी महिलाहरूको सॅस्था भएपनि सम्पूर्ण आप्रबासी नेपाली महिलाहरू र नेपाली समुदायलाई नै अघि बढाउने उद्धेश्यले बिभिन्न गतिबिधीहरू सॅचालन गर्दै आएको पनि अध्यक्ष चोङबाङको भनाइ रहेको छ ।

यो कार्यक्रमले बिशुद्ध मनोरञ्जन प्रदान नगेरर फिवनाको दिगो बिकासको लागि पनि यसले मद्दत गरेको छ । फिवनाले आफ्नो समुदायका महिलाहरूलाई बिभिन्न सहयोगहरू जस्तै जनचेतना, शसक्तिकरण, एडभोकोसि लगायत बिभिन्न परिस्थितमा हुने समस्याहरूको समाधानको लागि पनि बिभिन्न पहल कदमी कार्यहरू गर्दै आएको छ ।

कार्यक्रममा उपस्थितहरूले नेपालका आदिवासी महिलाहरूले बनाएका मिठामिठा परिकार र बारबिक्यूका साथमा नेपाली भाकाका गीतहरू सॅगै रमाइलो गर्दै नाचगान गरेर कार्यक्रमको अन्त्य भएको थियो ।

Loading...