Banner

नक्कली भुटानी शरणार्थी प्रकरण आरोपित बाल कृष्ण खाण,टोप बहादुर रायमाझी सहित १६ जनालाई थुनामा पठाउन आदेश

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित अभियुक्तहरूलाई थुनामा पठाउन आदेश दिएको छ।


न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख  धरौटीमा छोड्न आदेश दिए संगै यि दुई बाहेक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा रायमाझी,खाण, पूर्वगृहसचिव पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जनालाई मुद्दा लगाएको थियो। 

सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले उनीहरू बाहिर बसे प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गरेका थिए।

 

Loading...