
हाम्रो प्रश्न, सरोज सिग्देलको जवाफ, एआरएन अमेरिकाको अन्य उम्मेदवार भन्दा तपाई किन फरक ?
मकै हाउस टिभी एण्ड न्युज,
टेक्सस/न्युयोर्क । करिब डेढ दशकअघि स्नातकोत्तर सम्मको अध्ययन पश्चात अमेरिकाको टेक्सस राज्यको आर्लिड़टन भन्ने शहरमा पाइला टेकेका सरोज सिग्देल हाल तीन सन्तान र श्रीमतीका साथ म्यनस फिल्ड टेक्ससमा बसोबास गर्दै आएका छन् । आफ्नो दैनिक जीवनयापनका लागि व्यवसाय गर्दै आएका सिग्देल लामो समयदेखि नेपालको पुँजीबजारसँग पनि प्रत्यक्ष संलग्न छन् ।


नेपालको अर्थतन्त्र र आर्थिक विकासमा रुचि राख्ने उहाँले निरन्तर रुपमा आर्थिक गतिविधिलाई समेट्दै लेख रचनाहरु पनि प्रकाशित गर्दै आए रहेकाछन् ।

सालिन सामाजिक अभियन्ताको छवि बनाउन सफल उनी हाल अर्भिड़ एभरेस्ट सेन्टेनियल लायन्स क्बको अध्यक्ष र ZONE Chair (जोन चेयर) लायन्स क्लब्स ईन्टरनेशनल, जिल्ला 2X1, का साथै नेपलिज अमेरिकन चेन्बर अफ कमर्स (२०१७–२०१९) का कार्यकारी सदस्य पनि थिए ।


गैरआवासीय नेपाली सङ्घ सन् (२०१७–२०१९) मा हेल्प डेस्क संयोजक आर्कान्स राज्य र नेपाली प्रोडक्ट प्रमोशन कमिटीका उप-संयोजक वर्ष (२०१९–२०२१) जस्ता जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गर्नुका साथै स्थानीय तहका विभिन्न संघसंस्थाहरुमा संस्थापक तथा बोड अफ ट्रस्टीका रूपमा समयसँग नजिकबाट जोडिदै आइरहेका छन् ।

अझै यस कार्यक्रमलाई निरन्तरता दिने क्रममा बिदेशमा बस्ने नेपालीहरुले आफुले मासिकरुपमा कमाएको १००, २०० र ५०० डलरलाई लगानी गर्न सक्ने वातावरण भएको खण्डमा मात्रै वास्तविक आर्थिक समृद्धि सम्भव छ । र आफूलाई यस विषयमा काम गर्ने रुचि भएकाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचनमा केन्द्रिय कोषाध्यक्ष पदमा उम्मेदवारी दिदै साथ, सहयोग, सुझाव र समर्थन मिल्नेछ भन्ने विश्वास समेत व्यक्त गर्दछन् ।

गैर आवासीय नेपाली संघ संग जोडिन चाहने साथीहरुलाई संस्थाको बिभिन्न ४२ टास्क फोर्स मार्फत समेट्नु पर्ने साथै नेपाली भाषीको आर्थिक समस्या र तिनको समाधानका लागि आर्थिक एजेण्डा बोकेर चुनावी मैदानमा होमिएका सिग्देल कोषाध्यक्ष पदकालागि एक प्रभावशाली र सक्षम उम्मेदवार हुन् ।
हामिले केहि प्रश्न सोधेका थियौ, सिग्देलको जवाफ जस्ताको तस्तै :
१. तपाईलाई किन भोट दिने ?
~ योजना कार्यान्वयन गर्नलाई जित्नु पर्छ तसर्थ जिताऊनका लागि भोट दिनु पर्छ ।
२. तपाईले चुनाव जित पछी गर्ने काम ?
~ मैले ल्यायको र टिमका योजनाका साथै NRNA का प्रमुख समस्यालाई दिसानिर्दैश गर्न प्रभाबकारि भुमिका निर्बाह गर्ने छु ।
३. अरु प्रतिद्वन्दी भन्दा के मा फरक ?
~ अरूले के गर्छन भन्दापनि म मेरो योजना र कार्यान्वयन कार्यबिधिका साथ आएको छु ।
४. एआरएन अमेरिकामा देखिएको समस्या र तपाईले पहल गर्ने समाधानको बाटो के ?
~ काम गर्छु भन्दै गैर आवासीय नेपाली संघ संग जोडिन चाहने साथीहरुलाई संस्थाको बिभिन्न ४२ टास्क फोर्स मार्फत समेट्नु पर्ने साथै नेपालीभाषीको आर्थिक समस्या र तिनको समाधानका लागि आर्थिक एजेण्डामा काम गर्न सकेमा परिणाम मुखि संस्थाको बिकार हुन्छ अनि एआरएन अमेरिकामा देखिएको समस्या आफै निर्मुल हुन्छ ।
५. तपाईका प्रमुख एजेन्डा ?
~ एजेन्डाहरू:
१. “गिभींग ब्याक” कार्यक्रम मार्फत समुदायिक केन्द्रहरूको सहभागितामा जोड दिने ।
२. संस्थालाई बैकल्पिक स्रोतको जुटाउनका लागि राज्य तथा केन्द्रिय सरकारको सहकार्य गर्ने ।
३. NRNA आर्थिक साक्षरता कार्यलाई प्रभाबकारि बनाउने ।
४. प्रत्येक महिना आर्थिक कारोबारको भुक्तानि र खरिद बिल सार्बजनिक गर्ने ।
५. दुई पक्षिय लगानि र करका बिषयमा रहेका समस्या समाधनामा कार्य बिधि सहितको अगाडि बाड्ने ।
६. अमेरिकाबाट नेपाल सरकारलाई कर छुट दिईएको ७७ बस्तुको ब्यापार बिस्तारमा सहजिकरण गर्ने ।
७.लेख प्रणलिलाई चुस्त -दुरुस्त र संस्थागत गर्ने ।