Banner

अमेरिकाको टेक्ससमा सबारी दुर्घटनामा परी २ नेपालीको घटनास्थलमै निधन

मकै हाउस टिभी एण्ड न्युज,

टेक्सस । संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यको टायलरमा ट्रकले ठक्कर दिदा कारमा सवार २ जना नेपालीको घटनास्थलमै निधन भएको छ । भने ४ जना घाईते भएका छन् । 

टेक्ससमा लामो समय देखि ब्यवसाय गर्दै आईरहनु भएका व्यवसायी दिनेश कार्की उनको श्रीमति गंगा कार्की, छोराहरु ११ वर्षिय इमेज कार्की र ६ वर्षका इमान कार्की संगै सृजन ज्ञवाली र सृजन प्याकुरेल गरी ६ जना सवार कारलाई ट्रकले ठक्कर दिएको हो । 

गत शनिवार साझ टेक्ससको टाइलरमा हावा हुन्डरी संगै बिजुली गएपछि ४ परिवार सहित २ जना गरी जम्मा ६ जना एउटै कारमा बाहिर जाने क्रममा  पछाडीबाट आएका ठुलो ट्रकले ठक्कर दिदा उनिहरु उनिहरु गम्भिर दुर्घटनामा परेका  थिए ।

दुर्घटनामा परेका ११ वर्षिय इमेज कार्की र सृजन ज्ञवालीको घटनास्थलमै निधन भएको हो । भने दिनेश कार्की, गंगा कार्की र छोरा इमान कार्कीको अवस्था भने गंभीर रहेको बताएका छन् । 

अस्पतालमा उपचारत दिनेश, गंगा र ईमान बाहेक सृजन प्याकुरेलको अवस्था भने सामान्य रहेको बताइएको छ ।

शोकाकुल परिवारका सहयोगका निमित्त फोटवर्थ निवासी विवेक पराजुलीले गोफन्ड मार्फत सहयोग पुर्याउनआव्हान गरेका छन् ।
https://gofund.me/1baf3578

Loading...