
जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधिनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : बालेन

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले स्टाटस लेख्दै भनेका छन् “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।”

पछिल्लो समय भारतिय चलचित्र “आदिपुरुष”मा बोलिएको सम्बादलाई लिएर मेयर शाहले प्रश्न उठाएका थिए । “जानकी भारतकी छोरी हो” भन्ने बिषयलाई लिएर सो सम्बाद नेपाललाई बितरण गर्ने चलचित्रमा मात्र नभई संसार भर प्रदर्शन गर्ने चलचित्रमा नै सम्बाद नसच्याए कुनै पनि भारतिय चलचित्र काठमाण्डौ महानगर भित्र प्रदर्शन हुन दिने छैनौ भनि उक्त चलचित्रका टिमलाई ३ दिने म्याद दिईएको थियो । चलचित्र बिबादित बन्दै गएपछी उक्त चलचित्रका लेखकले नेपाल धेरै बर्ष पहिले भारतकै अंश थियो भनि बिबादित जवाफ दिए पछि सामाजिक संजालमा चर्को आलोचना भएको थियो ।

सोहि बिबाद र लेखकले बोलेका बिबादित र मनगढन्ते शब्दलाई लिएर मेयर बालेन शाहले हिम्मतका साथ आफ्नो अफिसियल सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन् “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।” हामी भन्छौ वाह मेयर साब वाह ।


