
पहिलो पटक अमेरिकामा मेलिना राईको एकल सांगितिक कार्यक्रम हुदै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । केटिएम ईन्टरटेन्मेन्ट (KTM Entertainment) न्युयोर्कको आयोजनमा पहिलो पटक गायिका मेलिना राईको एकल सांगितिक कार्यक्रम अमेरिकमा हुने भएको हो ।


सुरिली स्वरकी धनि एक दशक सांगितिक संसारमा एकल राज गरेकी बहुचर्चित गायिका मेलिना राईको संयुक्त राज्य अमेरिकामा पहिलो पटक एकल सांगितिक कार्यक्रम हुन लागेको हो ।

गायिका राईले गाउनु भएकी हरेक गितहरु सुप्रसिद्ध छन् । गायिका राईको अमोरिका सांगितिक भ्रमण अगस्ट महिनाको पहिलो हप्ता देखि सुरु हुने कार्यक्रम आयोजक रोकेश गुरुंग र डकिनीले जानकारी दिएका छन् ।


संयुक्त राज्य अमेरिकाको कुनै पनि राज्य र शहरमा गायिका राईको कार्यक्रम बुक गर्न चाहनु हुन्छ भने फ्लायरमा दिईएको सम्पर्क नम्बर मार्फत अग्रिम बुकिंग गर्न सक्नु हुने छ ।