Banner

मिस नेपाल नर्थ अमेरिका २०२३ का लागी रमेश प्रसाई र ट्रान्सजेन्डर मोडल अंजली लामा आउने

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२३का लागी रमेश प्रसाई र ट्रान्सजेन्डर मोडल अंजली लामा न्युयोर्क आउने भएका छन् । 

ड्रिम्स युनिभर्सल एलएलसीले प्रत्येक बर्ष आयोजना गर्ने सौन्दर्य प्रतियोगिता “मिस नेपाल नर्थ अमेरिका २०२३”का लागी पब्लिक स्पिकर/ युथ मोटिभेटर रमेश प्रसाई र पहिलो अन्तराष्ट्रिय ट्रान्सजेन्डर मोडल तथा अभिनेत्री अंजली लामा अतिथीको रुपमा कार्यक्रममा सहभागी हुन न्युयोर्क आउने भएको आयोजक शैलेस श्रेष्ठले जानकारी गराएका छन् । 

जुलाई २२,२०२३ शनिबार सॅाझ न्युयोर्कको मेलरोज, बलरुममा सम्पन्न हुने उक्त प्रतियोगितामा संयुक्त राज्य अमेरिका र क्यानाडा गरि १८ जना सुन्दरीले भाग लिएका छन् । 

 

Loading...