Banner

किरॅात याक्थुंग चुम्लुंग अमेरिकाले सिसेक्पा तंगनाम ५०८३, न्युयोर्कमा मनाउदै

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । किरॅात याक्थुंग चुम्लुंग अमेरिकाले सिसेक्पा तंगनाम ५०८३, न्युयोर्कमा मनाउदै । 

किरॅात याक्थुंग चुम्लुंग अमेरिकाको आयोजनामा सिसेक्पा तंगनाम ५०८३ न्युयोर्कको क्विन्स स्थित क्विन्सब्रिज पार्कमा आउदो जुलाई ९,२०२३ आईतबारका दिन बिहान १०:३० बजे बाट बेलुकाको ७:०० बजे सम्म मनाउने भएको हो । 

उक्त कार्यक्रममा पाल्नुहुने पाहुनाहरुलाई आफ्नै मौलिक परम्परा अनुसार तोंग्बाले स्वागत गर्ने भएको छ । साथै धान नाच र लिम्बु भेषभुषा तथा सामग्रि प्रदर्शनी, डोरि तान प्रतियोगिता, हॅाडी फुटाउने कार्यक्रम, बिबिध सॅास्कृतिक कार्यक्रमको साथै बालबालिका लक्षित कार्यक्रम रहने संस्थाका अध्यक्ष दिपक थेबेले जानकारी दिनु भयो । 

 

Loading...