
आजको दिन सम्म कतिजनाले नाम दर्ता गराए ? एनआरएन आईसिसि सदस्य, राष्ट्रिय र क्षेत्रिय पदहरुमा

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको २०२३-२०२५ नयॅा कार्यकालको लागि बिभिन्न पदका लागी आबेदन दर्ता गराउन सुरु गरिसकेका छन् ।


२०२३-२५ नयॅा कार्य समितीका लागी हाल सम्म अन्तराष्ट्रिय समन्वय परिषद समेत गरि बिभिन्न पदका लागी ८५ गैर आवासिय नेपालीले आबेदन दिएका छन् ।


गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका २०२३-२५ निर्बाचन समितीले हाल सम्म बिभिन्न पदका लागी आबेदन दिएका आबेदकहरुको नाम सार्बजनिक गर्दै आबश्यक कागजपत्रको माग भए र योग्य नभएमा निर्बाचन समितीले माग गरेको कागज पत्र पुरा गर्न पनि निर्बाचन समितीले आबेदकलाई जानकारी गराएका छन् ।

