Banner

बगबन्धु साफ च्याम्पियनशिपको उपाधी भारतलाई

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । भारतमा जारी बगबन्धु साफ च्याम्पियनशिपको उपाधी भारतले उचालेको छ ।

आज सम्पन्न बगबन्धु च्याम्पियनशिपको फाईनल खेलमा भारतले कुवेतलाई पेनाल्टी शुटआउटको सट एण्ड डेथमा गोलले जाली चुमाउदा कुवेत भने गोल गर्नबाट चुके पछी साफ च्याम्पियनशिपको उपाधी भारतले उचालेको हो ।  

खेलको पहिलो हाफको १४ औ मिनेटमा एस एल खाल्दीले पहिलो गोल गर्दै कुवेतलाई १-० को अग्रता दिलाएको थियो । भने खेलको ३८ औ मिनेटमा भारतको तर्फबाट एल चानंग्तेले जवाफि गोल फर्काउदै खेललाई बराबरीमा पुर्याएको थियो । त्यसपछि लगातार कुवेतले आक्रमण गरेको थियो भने खेलको अन्त्यमा भारतको तर्फबाट राम्रो राम्रो गोलको अवसर बनाएता पनि बलले जाली चुम्न नसकेपछी पछी १२० मिनेटको खेल समाप्त भएपछी खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । 

पेनाल्टी शुटआउटको ५-५ प्रहारमा दुबै टोलीबाट ४-४ गोल भएपछी खेल सड्डेन डेथमा पुगेको थियो । भारतले सड्डेन डेथमा गोल गर्दा कुवेतको गोललाई जाली चुम्नबाट भारतका गोलरक्षकले बचाएपछी खेलको उपाधी भारतले चुमेको हो । 

Loading...