Banner

नेपाली रक स्टार रविन तामांगको निधन

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाडौं । नेपाली रक स्टारको नामले परिचित गायक रविन तामाङको निधन भएको छ । 

रक स्टार गायक रविन तामांगको अफिसियल फेसबुकमा तामांगका एड्मीनले लेख्दै भनेका छन् “भेरी स्याड न्युज, रविन पास्ड अवे टुडे, वुउ विल किप यु ईन्फोर्मड”  गायक रविनको निधन बुढानिलकण्ठस्थित उनकै घरमा भएको हो ।

‘रविन एण्ड द न्यू रेभोलुसन’ ब्याण्डका भोकलिस्ट तामांगले दर्जनौ नेपाली रक गित गाएका छन्, भने चलचित्रमा पनि अभिनेताको रुपमा अभिनय गरेका छन् ।

आफन्तकाअनुसार उनको शवलाई पोस्टमार्टमका लागि अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

 

Loading...