
न्युयोर्कमा एक नेपाली उबर चालक माथि यात्रुले छुरा प्रहार अनि लुटपाट गरि फरार भएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क ।न्युयोर्कमा एक नेपाली उबर चालक माथि उबरमा सबार यात्रुले छुरा प्रहार गरि लुटपाट गरि फरार भएको छ ।

आज जुलाई ११, मंगलबारको दिन दिउसो २:४५ मिनेट जादा नेपाली उबर चालक माथि सोहि उबरमा सबार यात्रुले लोवर म्यानह्याट्टनको एफडिआर मार्गमा कारलाई छेउ लगाएर रोक्न धम्क्याउदै छुरा प्रहार गरी लुटपाट गरि फरार भएको न्युयोर्क प्रहरीले जनाएको छ ।

सामान्य प्राप्त जानकारी अनुसार घाईते उबर चालक (नाम गोप्य राख्न अनुरोध) १ दशक देखि सपरिवार न्युयोर्कको क्विन्समा आफ्नै घर खरिद गरि बसोबास गर्दै आईरहेको जनाएका छन् ।

घाईते चालक स्वस्थ्य अवस्था अहिले सामान्य रहेको र म्यानह्याट्टन स्थित एक हस्पिटलमा उपचार भईरहेको जानकारी प्राप्त भएको छ ।
घटनाबारे बिस्तृत बिवरण पिडित संगको सम्पर्क पश्चात सार्बजनिक गर्नेछौ ।
