
एनआरएन अमेरिका, न्युयोर्क च्याप्टर अध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासिय संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका न्युयोर्क च्याप्टरमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आगामी नयॅा नेतृत्व कार्यकाल २०२३-२५ को लागी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, न्युयोर्क च्याप्टरका लागि अध्यक्ष पदका निमित्त ५ जनाले मनोनयन दर्ता गरेको छ ।

गैर आवासिय नेपाली संघ, रासप, अमेरिका निर्वाचन समितीले अन्तिम उम्मेदवारी दर्ता र नाम सार्बजनिक गरेको छ । उक्त सार्बजनिक गरिएको अन्तिम मनोनयन दर्ताले न्युयोर्क च्याप्टरका लागी ५ जनाको उम्मेदवारी दर्ता भएको देखाएको छ ।

५ जना अध्यक्ष पदका महत्वाकांक्षीहरु क्रमस : हेमन बहादुर मल्ल, शोभाकान्त पाण्डे, दण्डपानी लामीछाने, बिरेन्द्र जंग केसी र कृष्ण प्रसाद पौडेल रहेका छन् ।
