Banner

मगर संघ अमेरिकाको ९औ राष्ट्रिय महाधिबेशन कोलोराडोमा हुदै ।

 

मकै हाउस टिभी एण्ड न्युज,

मगर संघ अमेरिका केन्द्रीय समितिको ९औ राष्ट्रिय महाधिबेशन यहि जुलाई २९ , २०२३ मा कोलोराडो राज्यको सुन्दर डेन्भर शहरमा हुने भएको छ ।


“ अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ अमेरिकाको बिभिन्न राज्यका मगरहरुको जमघट कोलोराडोमा हुने भएको छ । महाधिबेशनको अन्तिम तयारीमा रहेको अध्यक्ष कुलदीप राना मगरले हामीलाई बताउनु भयो ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका कोलोराडो च्याप्टरको मुख्य ब्यबस्थापनमा महाधिबेशन हुन लागेको र स्थापना काल देखि ८ औं राष्ट्रिय महाधिबेशन सम्म आइपुग्दा न्युयोर्क , न्युजर्शी र मेरिल्याण्ड आसपासमा मात्र हुँदै आइरहेको र संस्थाको इतिहासमै पहिलो पटक कोलोराडो राज्यबाट नयाँ कार्यसमितिको जन्म हुने र मगर संघ अमेरिका, अमेरिका भर फैलिएको, अमेरिका भर रहेका मगरहरुको एकताको सन्देश दिने अध्यक्ष राना मगरले बताउनु भयो ।

मगर संघ अमेरिका केन्द्रीय समितिका सल्लाहकार लछुमन राना मगरको संयोजकत्वमा लक्ष्मी राना मगर र डा. कृष्ण थापा मगर सदस्य रहेको निर्वाचन कमिटी बनाइएको छ । निर्वाचन कमिटीले मनोनयन दर्ता देखि लिएर निर्वाचनको सबै कार्यतालिका सार्वजनिक गरेको छ । मनोनयन दर्ता यहि जुलाई १८, २०२३ देखि जुलाई २४ , २०२३ को राती ११:५५ बजे भित्र गर्न सकिने तालिकामा उल्लेख छ । जुलाई २६ को दिन उम्मेदवार फिर्ता देखि लिएर उम्मेदवार उपर दाबी बिरोध रहने र जुलाई २७ को दिन उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गरिने छ । जुलाई २९ , २०२३ को दिन दिउसो ३ बजेबाट निर्वाचनका गतिबिधि अगाडी बढाउने निर्वाचन कमिटी संयोजक लछुमन राना मगरले बताउनु भयो ।

समुदघाटन समारोह , बन्द सत्र र बधाई तथा सुभकामना सांस्कृतिक साँझ गरि कार्यक्रम ३ चरणमा सम्पन्न हुने मगर संघ अमेरिकाको फेसबुक पेजमा तयार गरिएको इभेन्टमा उल्लेख छ । मगर मौलिक झाँकी सहित बिभिन्न राज्यबाट आएका मगरहरु सभाहलमा प्रवेश गर्नेछन , झाँकी सहितको टोलीलाई मुख्य ब्यबस्थापक कोलोराडो च्याप्टरले स्वागत गर्नेछ । बिभिन्न विधाका बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिनेछ ।

अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोल्बद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका हामी मगरहरुको भाषा, भेषभूषा, संस्कार, संस्कृति, रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र सम्बर्द्वन, नेपालमा रहेको मगर सामूदायालाई पनि भैपरि आउने आपतकालिन अबस्था, शैक्षिक, भाषिक र आर्थिक क्षेत्रमा सहयोग गर्दै अमेरिकामा रहेका अन्य नेपाली समुदायहरुसंग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो। संस्थापक अध्यक्ष दल बहादुर बुढाथोकी मगर हुन भने संघले हाल ६ ओटा राज्यमा च्याप्तर बिस्तर गरेका छन। मगरहरुको बाहुल्यता रहेको राज्यहरुमा च्याप्टर बिस्तरको लागि पहल भईरहेको रानामगरले मकै हाउस न्युजलाई जानकारी गराए।

 

Loading...