
किरात याक्थुङ चुम्लुङ अमेरिका द्वारा सिसेक्प्पा तङ्नाम ५०८३ न्युयोर्कमा भव्यरुपमा सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिका द्वारा सिसेक्प्पा तङ्नाम ५०८३ ,सन २०२३ कार्यक्रम न्युयोर्कको क्विन्स ब्रिजपार्कमा भव्यरुपमा सम्पन्न गरेको छ ।


गत आईतबार जुलाई ९, आईतबारका दिन किरात याक्थुङ चुम्लुङ अमेरिकाले सिसेक्प्पा तङ्नाम ५०८३ न्युयोर्कका लागी नेपाली वाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख अतिथ्यता र संस्थाका अध्यक्ष दिपक थेबेको सभापतित्वमा भब्यरुपमा सम्पन्न गरेको छ ।


कार्यक्रममा लिम्बुहरुको रिती रिवाज अनुसार सहकाल बोलाउने , अनिकाल धपाउने, पाहुनाहरुलाई तोङ्बा द्वारा स्वागत, समर बारबिक्यु सेकुवा, लिम्बु संस्कार सस्कृती झल्किने फोटो प्रदर्शनी र केलाङ (च्याब्रुङ) नाच प्रदर्शन गरिएको थियो ।


उक्त कार्यक्रममा अमेरिकाको ईतिहासमा पहिलो पटक लिम्बु बाल बालिका द्वारा च्याब्रुङ नाच प्रदर्शन पनि गरिएको थियो । लिम्बुहरुको गर गहना तथा भेषभुसा सम्बन्धि प्रदर्शनी, लिम्बु संस्कार र सस्कृतीको जगेर्नाको निमित्त अमुल्य योगदान पुर्याउनु भएका किरात याक्थुङ चुम्लुङ अमेरिकाका अग्रजहरुलाई सम्मान, याक्थुङ समुदाय अमेरिकाबाट उच्च शिक्षा गरेका बिद्यार्थीहरुलाइ सम्मानको साथै विबिध सांस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रमको आयोजना समेत गरिएको थियो । भने किरात याक्थुङ चुम्लुङ अमेरिकाको अफिसियल वेबसाइटको उदघाटन समेत गरिएको थियो ।

