
न्युयोर्क, क्विन्स काउन्टी ऐसेम्बली जिल्ला ३०, क्विन्स डेमोक्र्याटिक पार्टी जुडिसियल डेलिगेट्समा पहिलो नेपाली अमेरिकन चयन

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमोरिकाको न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३०, क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्ववार प्रथम नेपाली अमेरिकन सोमनाथ घिमिरे निर्विरोध चयन भएका छन् ।

निर्बिरोध चयन भएका सोमनाथ घिमिरे यस् जिल्लाको लागि पहिलो नेपाली उम्मेदवार हुन् । जो निर्बिरोध चयन भएका हुन् ।

निर्बिरोध निर्बाचित घिमिरे गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष हुन् । नेपालको स्थित मोरंग जिल्लाको विराटनगरमा जन्मिएका घिमिरे विगत साढे दुई दशक देखी संयुक्त राज्य अमेरीकाको न्युयोर्क शहरलाई कर्मथलो बनाई बसोबास गर्दै आईरहेका छन् ।

बिगत लामो समय देखि न्युयोर्क केन्द्रित रहि बिभिन्न खाले परोपकारी कार्यमा हातेमालो गर्दै आएका घिमिरे अमेरिकी मूलधारको राजनीतिमा पनि उत्तिकै सकृय भुमीका निर्वाह गर्दै आएको योगदानको उच्च मुल्यांकन गर्दै क्विन्स काउन्टी एसेम्ब्ली जिल्ला ३०, क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वारमा जिल्लाको ईतिहासमै पहिलो नेपाली अमेरिकनलाई निर्बिरोध चयन गरिएको हो ।
कोरोना कहरको उच्च बिन्दुको समयमा पनि आफु संलग्नित फाउन्डेशन मार्फत टोली बनाई मानविय कार्यमा राम्रो योगदान पुर्याएका थिए ।

क्विन्स क्षेत्रलाई केन्द्र बनाई राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतिय चुनावी अभियानमा समेत डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर महत्वपुर्ण योगदान पुर्याएका थिए ।

साउथ एशियन फर अमेरिका न्युयोर्क राज्यका लागी राज्य निर्देशक तथा एलायन्स फर साउथ एशियन अमेरिकन लेबरको केन्द्रिय उपाध्यक्ष समेत रहेका घिमिरेको अमेरिकन राजनितिका राजनितिकर्मी र सामाजिक अभियन्ताहरुसंगको सम्बन्ध निकै नै निकट रहेको पाईन्छ ।