
फोन, म्यासेज र सामाजिक संजाल मार्फत धम्कि नदिन चेतावनी अन्यथा कानुनीरुपमा जाने : चुनाब आयोग, एनआरएन अमेरिका

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । सामाजिक सॅजाल फोन कल र म्यासेज मार्फत धम्कि दिएको भन्दै यसो नगर्न चुनाब आयोगले चेतावनी दिएको छ, अन्यथा कानुनी बाटो समेत रोज्न सक्ने चेतावनी दिएका छन् ।


गैर आबासिय संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, चुनाव आयोगले एक ध्यानार्कषण पत्र जारी गर्दै केहि दिन देखि केहि ब्यक्ति वा समुहले सामाजिक संजाल, फोन कल र म्यासेज मार्फत बिभिन्न खाले धम्किपुर्ण कुराहरु लेखि भ्रम फैल्याएको र धम्कि दिएको भनि सचेत हुन र अन्यथा कानुनी बाटो रोज्न सक्ने चेतावनी दिएका छन् ।


चुनाव आयोगले लेखेको ध्यानाकर्षण पत्र :
जून १६, २०२३
बिषय: चुनाब आयोगको ध्यानाकर्षण !
सर्बप्रथम एनआरएन युएसएको आगमि जुलाइ 22/23 मा हुन गइरहेको निर्बाचनलाइ निष्पछ्य, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गर्ने निर्बाचन आयोग कटिबद्द र सचेत छ । निर्बाचन गर्ने र गराउने गहन कार्यमा हामिलाइ अमुल्य सुझाब र सहयोग गर्नुहुने NRN NCC USA का उम्मेदवार साथिहरु NCC USA एबम ICC पदाधिकारीहरु लगाएत सम्पूर्ण अभियानकर्मि मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्द्छौ ।
हामिलाइ जिम्मेबारी बहनगर्ने क्रममा NCC USA र ICC को बिधान अनुसार हामिबाट सम्पादित कार्यहरुप्रति कतिपय अभियन्ता एबम ब्यक्तिहरुबाट धम्किपूर्ण तरिकाले व्यक्तिगत गालि गलौजगर्ने, “घर ठेगाना कहा छ-आफुलाइ थाह छ” भन्ने तरिकाले चुनाब आयोग पधाधिकारीलाइ त्रासदी गर्ने, व्यक्तिगत तरिकाले सामाजिक संजालमा ब्ल्याकमेलिङ्ग गर्न उक्साउने, पदीय दायित्वलाइ लत्याएर व्यक्तिगत शेलफोनमा धम्किपुर्न मेसेज पठाउने “तेस्को जिम्मेवारि तिमिहरुले लिनु पर्छ” भन्ने लगायत अनाधिकार तबरबाट बारम्बार सेलफोनमा मेसेज वा फोन गरेर अमेरिकन कानुनको धज्जी उडाउन खोज्ने वा सामाजिक़ संजालमा आधारहीन र अराजकता लगायत अन्य अभद्र एबम धम्कीपूर्ण भाषा प्रयोग गरेर व्यक्तिगत दोष लगाउने जस्ता लज्जाजनक कार्यहरुपर्ति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ।
तसर्थ, यस्ता धम्कीपूर्ण वा गलत कार्यहरुमा कसैलाई पनि साथनदिन वा संग्लग्न हुन नदिन जनचेतना फैलाउनका लागि पहलगर्न अनुरोध गर्दछौ। अमेरिकी कानुन अनुसार चुनाब आयोगको कुनैपनि सदस्यलाइ व्यक्तिगत धम्कि दिएमा वा सेलफोनमा मेसेज वा सामाजिक संजालमा आधारहीन तवरले व्यक्तिबिरुद्द बारम्बार गलत कार्य गर्ने वा उक्साउने व्यक्तिहरुको मेसेज-विवरण चुनाब आयोगले राख्न सक्ने वा गलत कार्यहरुका बिरुद्द कानुनी आवाज उठाउन सक्ने अधिकार चुनाब आयोगकोपनि रहेको र हामी त्यो बिषयमापनि सचेत रहेको अनुरोध गर्न चाहन्छौ।
धन्यबाद।
बासु फुलारा
प्रमुख निर्बाचन आयूक्त
न्युयोर्क, न्युयोर्क
