
एनआरएन अमेरिका अध्यक्ष पदमा डा. अर्जुन बन्जाडे बिजयी
मकै हाउस टिभी एण्ड न्युज,
न्यूयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद अमेरिकाको नेतृत्वका लागि सम्पन्न निर्वाचनमा डा. अर्जुन बञ्जाडे अध्यक्ष पदमा बिजयी भएका छन् ।

अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेकोमा डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएका थिए भने अर्का प्रतिद्वन्दी डिलु पराजुलीले ४ हजार ८ सय ६ मत ल्याउदा ९३३ मतको अन्तरले डा. बन्जाडेले बिजयी हात पारेका हुन् ।

एनआरएनए एनसिसी अमेरिकामा १३ हजार ६ सय ९१ मतदाता थिए । जस मध्ये शनिबार र आइतबार भएको निर्वाचनमा ११ हजार दुइसय ६९ मत खसेको थियो ।

त्यस्तै गरी वरिष्ठ उपाध्यक्षमा विकास उप्रेतीले ४ हजार ९ सय ४५ मत ( यो पुष्टि हुन भने बाँकी)। उनका प्रतिद्वन्दी अञ्जन कुमार चौलागाईले चार हजार सात सय ३५ मत प्राप्त गरेका छन् भने महासचिवमा रामहरि अधिकारीले ५ हजार एक सय ५७ मतका साथ विजयी हुँदा गोपेन्द्र भट्टराइले ४ हजार चार सय ३९ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा सरोज सिग्देलले ४ हजार ६ सय ९४ मत प्राप्त गर्दै विजयी हुदा प्रतिस्पर्धी अमित शर्माले चारहजार ६ सय ५४ मत पाएका छन् ।

अन्य अपडेट बाकी अर्को पोष्टमा …।