
एनआरएनए न्युयोर्क च्याप्टरको सचिबमा राजु तामांग बिजयी

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, न्युयोर्क च्याप्टरको सचिब पदमा राजु तामांग बिजयी भएका छन् ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका निर्बाचन समितीले बिहानको ३:०० बजे मत परिणाम सार्बजनिक गरेको हो ।

निर्वाचन समितीले मत परिणाम सार्बजनिक गर्दै न्युयोर्क च्याप्टरको सचिब पदमा राजु तामांगलाई बिजयी घोषणा गरेको हो । तामांगले कुल मत ५७७ प्राप्त गर्दा प्रतिद्वन्द्धी बसन्त अधिकारीले ४८० मत अर्का प्रतिद्वन्दी रेशम शाहले ४३५ मत प्राप्त गरेका थिए ।

त्यस्तै गरि च्याप्टरका अध्यक्ष पद बाहेक (अध्यक्ष पदको समाचार सार्बजनिक भैसकेकोले) अन्य पदहरुमा बिजयी हुनेहरुमा महिला च्याप्टर उपाध्यक्षमा लक्ष्मी थापा, कोषाध्यक्षमा देबेन्द्र लामा, युबा संयोजकमा दिलिप लामिछाने, र सदस्यहरुमा अनिल के. क्षेत्री, अनमोल बहादुर रोका, बिशाल रेग्मी, दिनेश बस्नेत, गोपि प्रसाद ढुंगाना, जुद्द वली र टिका थापा बिजयी भएका छन् ।
राजु तामांग, तामांग समाज अमेरिकाको उपाध्यक्ष समेत हुन् ।
