
एनआरएनए न्युयोर्क च्याप्टर,महिला उपाध्यक्षमा लक्ष्मी थापा बिजयी

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका, न्युयोर्क च्याप्टरको महिला उपाध्यक्ष पदमा लक्ष्मी थापा बिजयी भएकी छन् ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका निर्बाचन समितीले बिहानको ३:०० बजे मत परिणाम सार्बजनिक गरेको हो ।

निर्वाचन समितीले मत परिणाम सार्बजनिक गर्दै न्युयोर्क च्याप्टरको महिला उपाध्यक्ष पदमा लक्ष्मी थापालाई बिजयी घोषणा गरेको हो । थापाले कुल मत ९३२ प्राप्त गर्दा प्रतिद्वन्द्धी ज्ञान कुमारी थापाले ५६४ मत प्राप्त गरेकी थिईन् । थापा ३६८ मतान्तरले बिजयी भएकी हुन् ।

त्यस्तै गरि च्याप्टरका अध्यक्ष पद बाहेक (अध्यक्ष पदको समाचार सार्बजनिक भैसकेकोले) अन्य पदहरुमा बिजयी हुनेहरुमा सचिब पदमा राजु तामांग, कोषाध्यक्षमा देबेन्द्र लामा, युबा संयोजकमा दिलिप लामिछाने, र सदस्यहरुमा अनिल के. क्षेत्री, अनमोल बहादुर रोका, बिशाल रेग्मी, दिनेश बस्नेत, गोपि प्रसाद ढुंगाना, जुद्द वली र टिका थापा बिजयी भएका छन् ।
थापाले यस् भन्दा पहिलेको कार्यकालमा महिला संयोजकको रुपमा काम गरिसकेकी छिन् ।
